ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै | Khabarhub Khabarhub

ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर ललित भण्डारी सवारी दुर्घटनामा घाइते भएका छन् ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा मोटरसाइकलमा सवार भण्डारीलाई ट्रकले ठक्कर दिँदा घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार विपरित दिशाबाट आएको ट्रक र मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका हुन् । उनीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

क्रिकेटर भण्डारीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

´घाइतेको अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। प्रारम्भिक रिपोर्ट नआइ केही भन्न सकिन्न,` निसर्ग अस्पतालका एक डाक्टरले बताए।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको झलारी प्रहरी प्रमुख धिरेन्द्र रावलले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ४८ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै