त्रिवि शिक्षण अस्पतालमा कोभिड हेर्ने भन्दा अन्य स्वास्थ्यकर्मी बढी संक्रमित | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पतालमा कोभिड हेर्ने भन्दा अन्य स्वास्थ्यकर्मी बढी संक्रमित


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा ननकोभिड वार्डमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी बढी संक्रमित भएको पाइएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको विषयमा अनुगमन गर्न गठित उपसमितिले अनुगमन गर्ने क्रममा यस्तो भेटिएको हो ।

उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा कोभिडभन्दा ननकोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमा बढी संक्रमण भएको पाइएको बताए ।

‘ स्टाफहरु धेरै संक्रमित हुँदा स्टाफ परिचालनमा समस्या परिरहको देखियो, जसले गर्दा सेफ्टीको विषयमा उहाँहरुले कम्परमाइज गरेको जस्तो देखियो,’ उनले भने, ‘जसले गर्दा ननकोभिडमा काम गर्नेहरुमा बढी संक्रमित भएको देखिएको छ ।’

उनले त्रिवि शिक्षण अस्पताल धेरै बिरामी आउने अस्पतालको रुपमा रहेको र विशेषज्ञ सेवा तथा मेडिकल शिक्षा समेत रहेको अवस्थामा कोरोना बाहेकका अन्य सेवा तथा शैक्षिक कार्यक्रम भने प्रभावित भएको देखिएको बताए ।

‘यहाँ सर्वसाधारण नागरिकहरु उपचारको लागि धेरै संख्यामा आउने गर्नुहुन्छ । धेरै खालका सेवा पनि छ र पढाइ समेत हुने गरेको छ,’ सांसद श्रेष्ठले भने, ‘यो कोभिडका कारणले अहिले यो सबै कुरामा असर परेको जानकारी पायौं ।’

उनले कोरोना संक्रमितको उपचार सेवा र आकस्मिक शल्यक्रिया भने व्यवस्थित भएको बताए । ननकोभिड बिरामीलाई पनि प्रभावकारी सेवा दिन सोही अनुसार व्यवस्थापन गर्नुपर्ने देखिएको पनि श्रेष्ठलेबताए ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेले कोरोना संक्रमितहरु आजभोलि जटिल अवस्थामा आउने गरेकोले नयाँ जटिलताहरु थपिएको बताए ।

उनले अस्पतालले कोभिड सेवा दिँदै गर्दा भोगेका समस्याहरु उपसमितिलाई सुनाएकाले आफ्नो समस्याहरुमा सरकारले सहयोग गर्ने अपेक्षा गरे ।

डा काफ्लेले स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री पीपीई लगायतको अभाव भएको बताए । यस्तै कोरोनाका कारण अस्पतालको आम्दानी कम र खर्च धेरै भएको पनि बताए ।

उनले त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म तलब दिइरहेको भएपनि आगमी महिनादेखि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तलब खुवाउन नै समस्या भएको बताए ।

उनले कोरोना संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मी तथा चिकित्सकले सरकारले दिने भनेको प्रोत्साहन भत्ता समेत नपाएको गुनासो समेत गरे ।

‘हाम्रो इन्कम अत्यन्तै कम भएको छ, तर आवश्यकताहरु ज्यादा भएको छ,’ डा काफ्लेले भने, ‘हामीले अहिलेसम्म त तलब दिइरहेका छौं, तर अब हामीसँग रकम मौज्दात छैन, यही महिनादेखि तलब कसरी खुवाउने थाहा छैन । सरकारले ४,५ महिना अघि भनेको प्रोत्साहन भत्ता पनि फ्रन्टलाइनमा खटिने हाम्रा स्वास्थ्यकर्मी र चिकित्सकले पाएका छैनन् ।’

अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले अस्पतालमा आइतबार आइसीयुमा ६ जना, ८० जना आइसोलेसनमा रहेको बताए ।

उनले आकस्मिक सेवामा पनि बिरामीहरु रहेको बताए । उनले हालसम्म २९० जना संक्रमितले उपचार गराएको र ती मध्ये १८ जनाको मृत्यु समेत भइसकेको बताए ।

डा थपलियाले मृत्यु भएकामध्ये अघिकांश अन्य अस्पतालबाट गम्भिर अवस्थामा रेफर भएका तथा दीर्घरोगीहरु रहेको बताए ।

अस्पतालमा हालसम्म १२० जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको पनि बताए । डा थपलियाका अनुसार संक्रमितमध्ये अघिकांश ननकोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मी भएको बताए ।

उनले स्वास्थ्यकर्मी मै कोरोना देखिँदा कोरोना संक्रमितको उपचारकका लागि जनशक्ति अभाव नै रहेको पनि बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ४४ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको