गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको अद्यावधिक विवरण उद्घृत गर्दै कास्की, तनहुँ र गोरखाका ३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् ।

कास्कीको मादी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारक्रममा भदौ २६ मा निधन भएको छ । ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या पछि भदौ २३ मा नमुना संकलन भएकोमा भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनी २४ मै अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर, हाइपोथाइराडिजमका बिरामी थिए ।

यस्तै, तनहुँको आँवुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित उनी भदौ २० मा अस्पताल भर्ना भएकीमा भदौ २३ मा कोरोना पुष्टि भएको थियो ।

उता, गोरखाको भीमसेन थापा–३ का ४५ वर्षीय पुरुषको भदौ २७ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको उनमा मिर्गौलासम्बन्धी समस्या थियो ।

गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ हजार ९ सय ७१ पुगेको छ । गएको २४ घण्टामा गण्डकीमा ६८ संक्रमित थपिएका हुन् । निको हुने १ हजार ८ सय ६१ रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : २२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०