आइसोलेशन बेड भरिएपछि नयाँ संक्रमित घरमै | Khabarhub Khabarhub

आइसोलेशन बेड भरिएपछि नयाँ संक्रमित घरमै



नवलपुर- पूर्वी नवलपरासी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशनमा राख्ने ठाउँको अभाव भएको छ । जिल्लामा उपलव्ध आइसोलेशन बेडहरू सबै भरिएका छन् । शुक्रबार र शनिबार ठूलो संख्यामा संक्रमित थपिएपछि आइसोलेशन बेड अभाव भएको हो ।

जिल्लामा मध्यबिन्दु जिल्ला अस्पताल र सोही अस्पताल मातहत देवचुली नगरपालिका-१६, रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा गरी जिल्लामा दुई वटामात्रै आइसोलेशन केन्द्र छन् ।

लक्षणसहितका संक्रमितहरूलाई राख्न बनाइएको मध्यबिन्दु जिल्ला अस्पतालको आइसोलशनमा ६ जनाभन्दा बढी राख्ने क्षमता छैन । प्राकृतिक चिकित्सालयको आइसोलेशनमा २ सय जना राख्ने क्षमता छ ।

यसअघि २९५ जनासम्म राखिएको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा आकस्मिक उपचार कक्ष नहुँदा कतिपयलाई जिल्ला अस्पताल लैजानुपरेको छ । आइसोलेशनका ८ वटा कोठालाई आकस्किम कक्ष बनाउन लागिएको चिकित्सालयका प्रबन्धक हरि सापकोटाले बताए । उनले अहिले २ सयभन्दा बढी संक्रमित राख्ने अवस्था नभएको उनको भनाइ छ ।

नवलपुरमा शुक्रबार मात्रै ३४ जना संक्रमित थपिएपछि रजहरको आइसोलेशन भरिएको छ । शनिबार जिल्लामा ४९ जना संक्रमित थपिएपछि आइसोलेशनमा राख्ने ठाउँ अभाव भएको हो ।

होम आइसोशनमा बस्न आग्रह

संक्रमितहरूको संख्या बढ्दै गएपछि व्यवथापन गर्न नसक्दा शनिबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमितहरूलाई होम आइसोलेशनमा राख्ने निर्णय गरेको छ ।

संक्रमितहरूको संख्या बढ्दै जाँदा सिकिस्त भएकाहरूले ठाउँ नपाउने अवस्था आउने भएकाले लक्षण नभएका संक्रमितलाई होम आइसोलेशमा बस्न प्रेरित गरिने नवलपरासी (बर्दघाट सुस्तापूर्व) की प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितहरूलाई होम आइसोलेशनमा राख्न निर्देशन गर्नुका साथै पालिकाहरूलाई आइसोलेशनको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द भुसालले बताए ।

प्राकृतिक उपचार पद्धति अपनाएको आइसोलेशनमा ठाउँ नभएपछि शनिबार गैँडाकोट नगरपालिकाका संक्रमितहरूलाई होम आइसोलेशनमा रहन नगरपालिकाले आग्रह गरेको थियो ।

गैँडाकोटमा आइसोलेशन बनाउने तयारी

गैँडाकोटका कोरोना संक्रमितहरूलाई राख्ने आइसोलेशन अभाव भएपछि नगरपालिकाले आइसोलेशन केन्द्र बनाउने तयारी थालेको छ ।

नगरस्तरीय आइसोलेशन केन्द्र बनाउने बारेमा आफूले सरोकारवालाहरूसँग छलफल गरेको गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले बताए । उनका अनुसार आइतबार नगरपालिकामा छलफल गरी आइसोलेशन बनाउनेबारेमा निर्णय हुनेछ ।

पौडेलले शनिबार प्राकृतिक चिकित्सालयका व्यवस्थापकहरूसँग छलफल गरेका थिए । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा शनिबार गैँडाकोटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पीसीआर परीक्षण मेशिन ल्याउन पहल

पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमितहरू बढ्दै गएपछि जिल्लामै दक्ष जनशक्तिसहित पीसीआर परीक्षण मेशिन ल्याउन पहल थालिएको छ । त्यसका लागि प्रदेश मन्त्रालयमा आग्रह गर्ने निर्णय विपद् व्यवस्थापन समितिले गरेको छ ।

पीसीआर मेशिन माग्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग तथा सामाजिक विकास मन्त्रालयमा आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको विपद् व्यवस्थापन समितिले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकरी भुसालले खबरहबलाई बताए ।

नवलपुरमा शनिबार एकै दिन ४९ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको कुल संख्या ६६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारीदिए । संक्रमितमध्ये ४ सय जना निको भइसकेका छन् । तीन जनाको मृत्यु भयो । अहिले जिल्लामा २६४ सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १ : ५१ बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु