खाद्य सामग्री र अखाद्य म्याद गुज्रेका सामान एकै ठाउँमा ? | Khabarhub Khabarhub

खाद्य सामग्री र अखाद्य म्याद गुज्रेका सामान एकै ठाउँमा ?



काठमाडौं- काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान राख्न छुट्टै ठाउँ भेटिएन ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो ।

दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो? उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख पाइएन । चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या छन् ।

यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको देखिएन । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने देखियो । त्यसमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरिएको देखिएन ।

भदौ २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा भेटिएको साझा समस्या हो । उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या देखिएको छ ।

चावहिल चोककै छेउमा एउटै पसलमा दुईटा बोर्ड छन् । मजिन स्टोर र सावरिया होलसेल मार्ट ।

एउटा सटमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ । यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन् । भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन ।

भित्र अँध्यारो छ । पुतली उडिरहेका छन् । ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ । गोदाम प्रमाणित गरेको छैन ।

पसलमा मूल्य सूची छैन । खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राखिएको छ । पसलको यो अवस्थाले उपभोक्तालाई कुनै असर गर्दैन । उपभोक्तालाई हतार छ । पैसा तिरेर लिएको सामान कस्तो छ? हेर्ने फुर्सद पनि देखिँदैनथ्यो ।

यो जस्तै जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले भण्डारण असुरक्षित थियो । वडामा दर्ता गर्न नजानु, नापतौल अद्यावधिक नगर्नु पसलका अरु समस्या हुन् ।

मित्र पार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि ट्याग नभएका दाल र गेडागुडीका प्याकेज थिए । भण्डारण अस्तव्यस्त थियो ।

अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि विभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ११ : १९ बजे

आईपिएल : चेन्नईमाथि लखनउको आठ विकेटको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या