कंगोको सुनखानीमा पहिरोले पुरिएर ५० जनाको मृत्यु | Khabarhub Khabarhub

कंगोको सुनखानीमा पहिरोले पुरिएर ५० जनाको मृत्यु


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोमा पुरिएर ५० जनाको मृत्यु भएको छ ।

केही दिनदेखिको भारी वर्षापछिको पहिरोले दक्षिण किबु प्रान्तको कमितुगा शहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी अरू कयौँ मानिस बेपत्ता भएको बीबीसीले जनाएको छ ।

अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन् । घटनामा बाँच्न सफल भएकाहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका अनुसार खानीका लागि खनिएका तीनटा गहिरा खाडलमा पानी पसेर पहिरो गएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ३४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने