हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ | Khabarhub Khabarhub

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुनलाई देखाएर प्रजातन्त्र समर्थित र स्वतन्त्रता पक्षधरहरुलाई गिरफ्तार गर्ने क्रम बढिरहेको छ ।

पछिल्लो समय हङकङ प्रहरीले प्रजातन्त्र समर्थित चार युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रो-इन्डिपेन्डेन्स समूहका सदस्य रहेका १६ देखि २१ वर्षका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारविरुद्ध स्वतन्त्रताको अभियान सञ्‍चालन गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

यसअघि प्रजातन्त्र सर्मथक १२ उम्मेदवारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राष्ट्रिय सुरक्षा कानुन विभागका वरिष्ठ प्रहरी उपरीक्षक स्टेभे लि क्वाइ-वाहले उक्त समूहले स्वतन्त्रतालाई प्रबर्द्धन गर्ने योजना अनुसार समूह गठन गरेको र हङकङलाई स्वतन्त्रत बनाउने गरी संगठन विस्तार गर्न लागेकोले नियन्त्रणमा लिएको बताएका छन् ।

चीन सरकराले जुन ३० मा राष्ट्रिय सुरक्षा कानुन घोषणा गरेको केही घण्टामै हङकङमा स्वतन्त्रता र प्रजातन्त्र पक्षधरहरुले उक्त कानुन मान्य नहुने भन्दै प्रदर्शन गरेका थिए । उक्त कानुन लागू भएसँग स्वतन्त्रता पक्षधर र प्रजातन्त्र समर्थित समूहमाथि प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१९ मा प्रजातन्त्रका लागि बृहत आन्दोलन भएपछि १९९७ अघि बेलायतको उपनिवेश रहेको हङकङमा चीनले नयाँ सुरक्षा कानुन ल्याएको हो ।

उक्त कानुन अनुसार राष्ट्रद्रोह, पृथकतावाद, आतंकवाद र विदेशी हस्तक्षेपविरुद्ध काम गर्नेलाई जेल सजाय हुने व्यवस्था गरिएको छ । यस कानुनको विश्वसमुदायबाट चर्को विरोध र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ४ : ४१ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे