ग्लोकल आफ्टर स्कुलद्वारा ‘दक्षिण एशियाली युवा महोत्सव’ को आयोजना | Khabarhub Khabarhub

ग्लोकल आफ्टर स्कुलद्वारा ‘दक्षिण एशियाली युवा महोत्सव’ को आयोजना


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोकल आफ्टर स्कुलले अगस्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एशियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरेको छ ।

ग्लोकल शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा वर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ ।

ग्लोकलले एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो र अगस्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एशियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरेको हो ।

यो ३ हप्ते लामो महोत्सव अगस्ट १२ गतेबाट सुरु भएको हो । महोत्सवका विभिन्न प्रतियोगिताका विजेताहरुको घोषणासँगै सेप्टेम्बर ३ तारिकका दिन समापन हुनेछ । सहभागिताका लागि आबेदन भने १२अगस्ट २०२० वाटै शुरु भएको छ । यो कार्यक्रम बिभिन्न दक्षिण एशियाली संस्थाहरुको समयोजनमा गर्न लागिएको हो ।

यो ३ हप्ते लामो लामो अनलाइन कार्यक्रमका विभिन्न विशेषताहरु छन । यस महोत्सवअन्तर्गत सहभागीले विभिन्न सिप आधारित कुशल कार्यशाला, रचनात्मक प्रतिस्पर्धा एवं प्यानल छलफल जस्ता बिभिन्न गतिविधीहरुमा निःशुल्क भाग लिन पाउनेछन् ।

यस महोत्सबमा दक्षिण एशियाली देशहरूबाट १४-२४ वर्ष उमेरका युवाहरू भाग लिन पाउने छन र उनीहरूलाई मनपर्दो गतिविधिहरूको लागि दर्ता गर्न प्रोत्साहित गरिएको छ ।

दक्षिण एशियाली युवा महोत्सव २०२० दक्षिण एशियाली देशका युवाहरूलाई जम्मा गर्न, उनीहरूसँग जोड्न, साझेदारी गर्न र उनीहरूको दृष्टिकोण जान्न र यी समूहहरू बीचको बलियो सम्बन्धलाई अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो । महोत्सव अनलाइन आयोजित भइरहेको छ ।

महोत्सवको सुरुवात दक्षिण एशियाली देशहरूका सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधि र प्रेरणादायक युवाहरूको ओपनिङ्ग प्यानेलबाट भएको थियो । दक्षिण एसियाली युवा महोत्सवको उद्देश्य दक्षिण एशिया भर बाट हजारौं युवाहरुलाई एकै प्लेटफर्ममा भेला गराई युवा शक्ति र क्षमताहरु मनाउनु रहेको छ । युवा महोत्सवको माध्यमबाट दक्षिण एशियाली क्षेत्रका लागि उत्पादनमूलक छलफल र सीप समाधान अनुरुप बिभिन्न प्रतियोगिता, कार्यशाला र प्यानल छलफल संचालन हुनेछ ।

दक्षिण एसियाली महोत्सव युवा समूहको आधिकारिक गठनमा पनि अग्रणी रहने छ जहाँ दक्षिण एशिया क्षेत्र भरमा युवा प्रतिनिधित्वमार्फत उनीहरुकोे विभिन्न अन्तर्दृष्टि, दृष्टिकोण, सांस्कृतिक पृष्ठभूमि सम्रक्षण गरिनेछ ।

यो समूह युवा व्यक्तिहरूको हितमा रहनेछ र यसको उद्देश्य उनीहरूको सीप, आविष्कार र परिवर्तनको लागि सँगै काम गर्ने, उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निभाउनु हो । दक्षिण एसियाली देशका युवाहरू फेसबुकमार्फत जोडीदै समाजको विकासमा पूर्ण रूपमा भाग लिन सक्ने छन ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ११ : ०३ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ