गण्डकी प्रदेशमा कोरोना संक्रमण घटे पनि समुदायमा फैलियो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमण घटे पनि समुदायमा फैलियो



नवलपरासी । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । गण्डकीको मनाङ र मुस्ताङ कोरोनामुक्त छन् भने कास्की र स्याङजाबाहेक अन्य जिल्ला पनि कोरोनामुक्त हुने अवस्थामा पुगेका छन् ।

क्वारेन्टाइनमा रहेकाबाहेक समुदायस्तरमा पनि परीक्षण भइरहँदा समुदायका केही ब्यक्तिलाई भने संक्रमण देखिन थालेको छ ।

कास्कीका विभिन्न वडाहरुमा समुदायका ब्यक्तिहरुमा भएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय समुदायस्तरमा भएको परीक्षणका क्रममा कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुमा पनि संक्रमण देखिएको छ ।

बुधबार बिहान कास्कीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बेलुका कास्कीका थप ३ जनामा संक्रमण पुष्टी भयो । बिहान पोखरा ६ का २३ वर्ष र पोखरा १६ का ५४ वर्षका पुरुषमा संक्रमण देखियो । पोखरा महानगरपालिका २७ का २ पुरुष र एक महिलामा संक्रमण भेटियो ।

बुधबार नै तनहुँको भिमादका एक ३९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

समुदायमा देखियो कोरोना

अहिलेसम्म स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा संक्रमण देखिए पनि पछिल्लो समय समुदायस्तरमा भएको परीक्षणमा केहीलाई संक्रमण देखिन थालेको छ ।

बुधबार पोखराको लेकसाइडका एक होटल कर्मचारीमा संक्रमण देखिएको छ । बुधबार नै पोखरामा एक कार्पेन्टर काम गर्ने मजदुरलाई पनि कोरोना संक्रमण देखिएको छ ।

मंगलबार सिद्धार्थ बैंकका कर्मचारीमा पनि कोरोना देखिएको थियो ।

यस्तै, मंगलबार नै पोखरा लेखनाथ महानगरपालिका ९ का एक कर्मचारीमा संक्रमण पुष्टी भएको थियो । वडाका कर्मचारीमा संक्रमण देखिएपछि वडा कार्यालय बन्द गरिएको छ ।

यसअघि, पोखरा वडा नं २७ का महिला कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो । महिला कर्मचारीमा कोरोना देखिएपछि साउन ३० गतेसम्म कार्यालय बन्द गरिएको छ ।

गत सोमबार पोखराकै वडा नम्बर २७ मा कार्यरत महिला कर्मचारीमा संक्रमण देखिएपछि सो वडा कार्यायल पनि बन्द नै रहेको छ ।

नवलपुरका पत्रकारमा पनि संक्रमण

नवलपरासी पूर्व कावासोती नगरपालिकाका एक पत्रकार र एक बैंकका कर्मचारलाई कोरोना पुष्टी भएको छ ।

सोमबार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी, पत्रकार, नेपाली सेना तथा ब्यापारी गरी १९४ जनाको स्वाब संकलन गरी पठाइएकोमा दुई जनालाई संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

बुधबार संक्रमित पुष्टी हुनेमा कावासोतीमा रहेको रेडियो सामथ्र्यका सञ्चालक सागर पोखरेल र प्रभु बैंकका एक कर्मचारी छन् ।

संक्रमित पत्रकार पोखरेलले आफूलाई संक्रमण पुष्टी भएको भन्दै आफूसँग सम्पर्कमा रहेका सबैलाई स्वाव परीक्षण गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै समाचार संकलनका क्रममा आफूलाई संक्रमण भएको उल्लेख गरेका छन् ।

स्थानीय पत्रकार पोखरेललाई संक्रमण देखिएपछि कावासोती नगरपालिकाभित्र धेरैलाई संक्रमण फैलिएको आशंका गरिएको छ ।

पाँच जिल्ला संक्रमणमुक्त हुँदै

गण्डकी प्रदेशका पाँच जिल्ला लमजुङ, म्याग्दी, गोरखा, पर्वत र नवलपरासीपूर्वमा गरी १६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य निर्देशनालयकाअनुसार म्याग्दीमा १, लमजुङमा २, गोरखामा ३ तथा नवलपरासीपूर्व र पर्वतमा ५/५ जना सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी कास्कीमा ५८ जना सक्रिय संक्रमित छन् भने स्याङ्जामा ५०, बाग्लुङमा १८ र तनहुँमा १२ जना सक्रिय संक्रमित छन् ।

एक हजार ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी भएकामा १ हजार ५ सय जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : १२ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको