अमिताभ बच्चनको सम्पर्कमा आएका २६ जना स्टाफमा देखिएन कोरोना | Khabarhub Khabarhub

अमिताभ बच्चनको सम्पर्कमा आएका २६ जना स्टाफमा देखिएन कोरोना


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनका २६ जना स्टाफमा कोरोना परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । अमिताभसहित छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

अमिताभलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ भने अभिषेक, ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा बसिरहेका छन् ।

यद्यपि अमिताभ बच्चनकी पत्नी जया बच्चनमा भने कोरोना संक्रमण देखिएको छैन ।

बच्चन परिवारको सम्पर्कमा ५४ जना व्यक्ति आएका थिए । तीमध्ये २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । २६ जनामा जोखिम बढी भएको भनिएको थियो । ती २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको नतिजा अझै आएको छैन ।

यद्यपि सम्पर्कमा आएका सबैलाई १४ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : १४ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१