नेपाल बङ्गलादेश बैंकद्वारा बीमा सुविधाको १५ लाख हस्तान्तरण | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकद्वारा बीमा सुविधाको १५ लाख हस्तान्तरण


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बङ्गलादेश बैंक लिमिटेडले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ ।

बैंकले धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधनभएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख स्वर्गीय शेर्पाकी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको  हो ।

बैंकले केन्द्रीय कार्यालय कमलादीमा आयोजना गरेको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सो रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिँंदै आएकोमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकका परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ ।

साथै आगामी दिनहरुमा पनि बैंकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ । बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएका छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : ३९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका