साउन १ देखि साझा बस चलाउने तयारी | Khabarhub Khabarhub

साउन १ देखि साझा बस चलाउने तयारी



काठमाडौं – साढे ३ महिना लामो लकडाउनपछि साझा यातायात सहकारी संस्थाले साझा बस चलाउने भएको छ ।

आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र बस चलाउने तयारी छ । हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनिक यातायातका गाडी गुड्न सक्थे ।

व्यवसायीहरूले सरकारले आफ्ना माग सुनाइ नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् ।

सरकारले काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लामा र उपत्यकाबाहिर एउटा जिल्लाभित्र मात्र चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीहरूले भने गाडी निकालेका छैनन् । सार्वजनिक यातायातमा निजी क्षेत्र मात्र छ ।

सरकारसमेत अंशियार रहेको साझा यातायातले भने उपत्यकाभित्र गाडी चलाउने निर्णय गरेको छ । साउन १ गतेदेखि उपत्यकाभित्र साझा यातायात सञ्चालन गर्ने तयारी भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधारले जानकारी दिए ।

‘सकेसम्म केही बसहरू १ गते सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले खबरहबसँग भने, ‘त्यही दिन नचल्न पनि सक्छ तर चाँडै सञ्चालन हुन्छ ।’

साझा यातायातका केही बसहरू लकडाउनकै अवधिमा पनि प्रयोग भएका छन् ।विदेशबाट हवाई उद्धार गरिएकाहरूलाई विमानस्थलबाट होल्डिङ सेन्टर पुर्‍याउन साझा बस प्रयोग गरिएका छन् ।

तुलाधरका अनुसार साढे ३ महिना थन्किएर बसेका गाडी मर्मत गर्नुपर्ने अवस्था छ । ‘पहिले गाडी मर्मत गर्नुपर्छ, लामो समयदेखि थन्किएर बसेका छन्,’ उनले भने, ‘चालक र सहचालक गाउँबाट फर्किएका छैनन्, उनीहरूलाई कसरी फर्काउने हो, त्यो पनि सोच्नुपर्नेछ ।’

अहिले साझा यातायातसँग कुल ७१ वटा बस छन् । यीमध्ये ६८ वटा काठमाडौं उपत्यकाभित्र र ४ वटा लामो दूरीमा चल्ने गरेका छन् ।

गाउँ गएका चालक र सहचालक फर्किन बाँकी रहेकाले तत्काल कतिवटा बस चलाउने भन्ने टुंगो हुन बाँकी रहेको तुलाधरले बताए । साझाले यात्रुसंख्या, मास्क, पञ्जा, स्यानीटाइजर लगायतका मापदण्ड पूरा गरेरमात्र बस चलाउने पनि उनले बताए ।

तुलाधरले भने, ‘बसभित्र मात्र होइन चढ्दा र ओर्लिंदा पनि दूरी कायम राख्नुपर्छ । साझा बसमा यात्रु चढ्ने र ओर्लिने छुट्टाछुट्टै ढोका छन्, सरकारले तोकेको मापदण्डअनुसार बस चल्छन् ।’

यात्रुको भिड लाग्ने समयमा पनि मापदण्डअनुसार सामाजिक दूरी कायम गराएर व्यवस्थित तरिकाले मात्रै बस चलाउने तुलाधरले बताए । उनका अनुसार आधामात्रै यात्रु बोक्न पाइने भएपछि भाडादरबारे पनि छलफल भइरहेको छ ।

सरकारले साविक भाडा दरमा ५० प्रतिशत बढी लिन अनुमति दिएको छ ।

यस्तो छ सुरक्षा मापदण्ड

– काठमाडौं उपत्यकाभित्र ट्याक्सीमा चालकसहित तीन जनामात्र र एकै परिवारका सदस्य भए पाँच जनासम्म यात्रा गर्न पाइनेछ ।

– सामाजिक दूरी कायम गर्नुपर्नेछ र सिट क्षमताको आधामात्र यात्रु बोक्नुपर्नेछ ।

– सवारीसाधनमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्नेछ ।

– चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ०५ बजे

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको