प्रिमियर लिग : रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार | Khabarhub Khabarhub

प्रिमियर लिग : रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको बोर्नमाउथले लेस्टर सिटीमाथि शानदार जीत हात पारेको छ ।

शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बोर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको छ ।

भिटालिटी स्टेडियममा आइतबार राति भएको खेलमा बोर्नमाउथको जीतमा डोमिनिक सोलांकेले दुई तथा जुनियर स्टानिलासले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २३औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो ।

६६औं मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अग्रता दिलाए ।

त्यसलगत्तै नैसेन्टरब्याक काग्लर सायोन्कु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटियो ।

८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गरेपछि लेस्टरको जीत निश्चित बनेको थियो । ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लेस्टरलाई ४–१ को नमिठो हार चखाए ।

जीतसँगै बोर्नमाउथ ३५ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ । बर्नमाउथ भने रेलिगेसन जोनमै छ ।

 

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ०९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न