भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, पाँच दिनमा एक लाख ३५ हजारमा संक्रमण | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, पाँच दिनमा एक लाख ३५ हजारमा संक्रमण


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पाँच दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

सोमबार बिहानसम्म ८ लाख ७९ हजार ४६६ जनामा संक्रमण पुष्टि भएकोमा ५ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ३५ हजार ९६५ छ ।

बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८, आइतबार २७ हजार ७५५ र सोमबार २९ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५०० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ५४ हजार ४२९ संक्रमणमुक्त भएका छन् भने ३ लाख १ हजार ८५० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : २४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही