धेरै चर्चा कमाएका ५ विशेष विवाह | Khabarhub Khabarhub

धेरै चर्चा कमाएका ५ विशेष विवाह


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहमा बेहुला बेहुलीपछि तिनका जन्ती महत्वपुर्ण मानिन्छन् ।

विवाहमा आएका पाहुना र निम्तालुलाई जन्ती बनाई विवाहमा लाने चलन छ । यस्तोमा केहि विशेष ब्यक्तिको उपस्थिति विवाहमा भइदिए सो विवाह नै विशेष रहन्छ ।

अझ कसैको विवाहमा देवताहरु नै आए भने यो कति सौभाग्यको कुरा होला । शास्त्रमा यस्ता ५ विवाहरु छन् जहाँ देवताहरु हेर्न आएका थिए

१. शिव पार्वतीको विवाह

प्राय हरेक पुराणमा शिव पार्वतीको विवाहको चर्चा हुने गर्दछ । हुनत महादेवले सतीसँग पहिलो विवाह गरेका थिए । सतीका पिता दक्षप्रजापतिलाई विष्णुले छलमा राखि यस विवाह भएको थियो ।

पछि दक्ष प्रजापतिले महादेवको अपमान गरेका कारण सतीले यज्ञमा हाम फालेर आत्मदाह गरेकी थिइन् । महादेव सती वियोगमा तपस्यमा लिन भए । यता सती हिमालय पुत्रीका रुपमा जन्म लिन पुगिन् ।

महादेव तपस्यामा लिन भएपछि तारकासुरको आतंक मच्चियो । जसको वध गर्ने शक्ति केवल महादेव पुत्रमा हुने वरदान थियो । तसर्थ देवताहरुले शिवको विवाह पार्वतीसँग गर्न कामदेवको सहाराबाट शिवलाई ब्युझाए ।

त्यसको केहि समयपछि तिनै महादेव रुप शिव र पार्वतीको विवाह भयो । सोहि विवाहमा सम्पुर्ण देवताहरु उपस्थित भएको प्रसंग छ ।

२. राम सीताको विवाह

श्रीराम र सीताको विवाहलाई शिव पार्वतीको विवाहपछिको सबैभन्दा प्रसिद्ध विवाह भनिन्छ । यस विवाहमा त्रिदेव सहित सबै देवताहरुको उपस्थिति थियो ।

राम सीताको विवाह हेर्न त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेश्वर ब्राम्हण रुपमा आएका थिए । सीताका पिता राजा जनकले शिव धनुष तोड्नेसंग आफ्नो पुत्रीसंग विवाह गरिदिने शर्त राखेका थिए ।

जसअनुसार रामले धनुष तोडे र सीतासंग विवाह भयो । रामायण यस विवाहको सम्पुर्ण कुरा उल्लेख गरीएको छ । यहि विवाहमा सम्पुर्ण देवताहरु उपस्थित भई आर्शिवाद दिएको उल्लेख छ ।

३. विष्णु लक्ष्मी विवाह

राजा दक्षका भाई भृगु ऋषिकी पुत्री नै माता लक्ष्मी हुन् । उनको माताको नाम ख्याती हो । एक पटक देवी लक्ष्मीको स्वयम्वर आयोजना भयो । त्यसबेला देवी लक्ष्मीको मनमा विष्णु प्रति प्रेम थियो ।

यता बिष्णु परम् भक्त नारदमुनि पनि लक्ष्मीसँग विवाह गर्न चाहन्थे । जसका लागी नारदले बिष्णुसंग सुन्दर देखिन हरी रुप मागे । नारद हरि रुप लिएर स्वयंवरमा पुगे पनि देवी लक्ष्मीले विष्णुको गलामा बरमाला लगाइदिइन् ।

यहि वियोगमा नारद त्यहाँबाट निराश भएर फर्किए र बाटोमा जलाशयमा आफ्नो अनुहार हेरे । जहाँ उनको रुप श्रीबिष्णुको नभइ बाँदरको थियो । बिष्णुले नारदको चाह अनुसार हरी रुप दिए । हरिको एक अर्थ बिष्णु हुन्छ भने अर्काे बादँर हुन्छ । तब नारद बैकुण्ठ गई विष्णुलाई क्रोधित भई मनुष्यको रुपमा जन्म लिएर पृथ्वीमा जाने र स्त्रीको वियोग सहने श्राप दिए ।

त्यसैले बिष्णु र लक्ष्मीले राम र सिताको रुपमा जन्म लिई वियोग सहनु पर्याे । बिष्णु र लक्ष्मीको सोहि विवाहमा सम्पुर्ण देवताहरु उपस्थित भएका थिए ।

४. कृष्ण र रुक्मिणीको विवाह

कृष्ण र रुक्मिणीको विवाहमा समेत सम्पुर्ण देवताहरु उपस्थित भएको उल्लेख छ । श्रीमद्भागवत गीतामा कृष्ण रुक्मिणीको विवाह प्रसंग उल्लेख छ । भगवान श्रीकृष्णले सबैभन्दा पहिला रुक्मिणीसँग विवाह गरेका थिए ।

भागवत कथाको वाचनमा यी दुईको विवाहलाई सप्रसंग ब्याख्या गरिन्छ । कृष्ण र रुक्मिणीको विवाह प्रसँग भागवत पुराणमा शुकदेव र राजा परिक्षितबीचको संवादमा उल्लेख छ ।

५. गणेशजीको विवाह

महादेव पुत्र गणेशजीको विवाहमा समेत सम्पुर्ण देवताहरु उपस्थित भएको उल्लेख छ । ऋद्धि र सिद्धी नामक प्रजापति विश्वकर्माकी दुई छोरीसँग गणेशको विवाह भएको थियो ।

गणेशको सिद्धितर्फबाट क्षेम र ऋद्धिको तर्फबाट लाभ नामका दुई पुत्रको जन्म भएको थियो । हिन्दु धर्ममा यिनै दुई बालकलाई शुभलाभ मानिन्छ । गणेश ऋद्धि सिद्धीको विवाह हेर्न सम्पुर्ण देवताहरु उपस्थित भएको पुराणमा उल्लेख छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०