गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किए | Khabarhub Khabarhub

गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किए


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

गण्डकी प्रदेशका ५ जना पुरुषहरु संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत पोखराका ६० वर्षीय पुरुष कारोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गतहप्ता पोखराको आलुमाइलाचोक स्थित रहेको डेरामा अचेत अवस्थामा फेला पारेपछि आफन्तहरुले हेलिकप्टर चार्टर गरेर काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

त्यसैगरी नवलपरासी जिल्ला (बर्दाघाट सुस्तापूर्व) को मध्यविन्दु अस्पतालको आइसोलेशन कक्षमा उपचाररत कावासोती नगरपालिका १२ का २६ वर्षीय युवा पनि घर फर्किएका छन् ।

त्यस्तै बागलुङ जिल्लाको धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचाररत तामाखोला गाउँपालिका ३ का २१ वर्षीय २ जना पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको संक्रमण पुष्टी भएका सोहि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत गोरखा जिल्ला आरुघाट गाउँपालिका २ का २५ वर्षीय युवा अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको डा.शर्माले बताए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ५३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको