विदेशबाट नेपाली ल्याउने चार्टर फ्लाइटको भाडा घट्यो (सूचीसहित) « Khabarhub

विदेशबाट नेपाली ल्याउने चार्टर फ्लाइटको भाडा घट्यो (सूचीसहित)


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशमा अलपत्र नेपाली नागरिकहरु ल्याउन तोकेका चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ ।

चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शनिबार पुनः भाडा घटाएको हो ।

यसअघि शुक्रबार भाडा केही घटाएको थियो । यसपटक प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटाइएको छ । दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।

भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए ।

सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले गृहकार्य गरेर जवाफ दिने बताएको छ ।

कहाँको कति घट्यो ?

मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ ।

त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो ।

साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलर कायम गरिएको छ ।

ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर तोकिएको थियो ।

कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५ बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलरमा झारिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : १७ बजे

हलिउडमा पनि रेकर्ड बनाउँदै ‘आरआरआर’

काठमाडौँ- बाहुबली सिरिज मार्फत विश्वभर साउथ इन्डियन फिल्मलाई पुर्‍याउन सफल

सेयर बजार नेप्सेमा सोमबार ९.७५ अंकको गिरावट

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो

भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

काठमाडौँ- काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैँलाई

बंगलादेशमा अविरल वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु

काठमाडौँ- बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी

कम बजेटका फिल्मले धानेको बलिउड

काठमाडौँ- बलिउडका लागि पछिल्लो समय निराशाजनक रहेको छ । वर्षको