राप्रपा अध्यक्ष थापाले भने- 'प्रचण्ड'को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष थापाले भने- ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाअध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले संसदमा बोल्ने क्रममा राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको भन्ने भनाइमा अध्यक्ष थापाले टिप्पणी गर्दै सोअभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका हुन् ।

राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- “राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’भन्ने प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाइ विकृत र असन्तुलित मानसिकता हो । १७हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो । नेपालको एकीकरण / अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।”

उनले  सिंगो राष्ट्र एक ढिक्का भएर, सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमि फिर्ता लिनुपर्नेबेल यस्ता विभाजनकारी सोच पत्युत्पादक हुने बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : १४ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल