कूटनीतिक पहल गरी नेपालको भूमि फिर्ता ल्याऔँ- नेता विष्ट | Khabarhub Khabarhub

कूटनीतिक पहल गरी नेपालको भूमि फिर्ता ल्याऔँ- नेता विष्ट


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा सांसद गोकर्ण विष्टले कुटनीतिक माध्यमबाट नेपाली भूभाग फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् ।

संसदमा जारी संविधान संसोधन प्रस्तावमाथिको छलफलका क्रममा सांसद विष्टले सबै राजनीतिक दल एकठाउँमा आउँदा संसारका शक्तिशाली मुलुकका सामु कमजोर ठानिएका मुलुकले समेत स्वाभिमान जाोगउन सकेको भन्दै नेपालले समेत आफ्नो भूमि फिर्ता ल्याउन सक्ने बताए ।

उनले भने,‘आज जुन प्रकारले एकता प्रदर्शन गरेका छौं । संविधान संसोधनका लागि मात्रै होइन, राष्ट्रियताका लागि स्वार्थभन्दा माथि उठेर एक हुनसक्यौं भने भूभाग फिर्ता ल्याउने मात्रै होइन । राष्ट्रियताको स्वार्थमा हामी काम गर्न सफल हुनेछौं । शक्तिशाली देशका सामुमा पनि एकता कायम हुनसक्यो भने राष्ट्रिय स्वार्थ जोगाउन सफल भएका उदाहरण छन् । वार्ताको भरपर्दो माध्यमबाट नेपालको भूमि फिर्ता गर्नेछौं । सरकारसँग पनि मेरो अपेक्षा त्यही छ ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ४ : ११ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन