परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै | Khabarhub Khabarhub

परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ ।

पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पीसीआर मेसिन आयात गर्न लागेको हो ।

चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौँ आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ । झण्डै रु ३० करोडबराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पीसीआर किट र तीन लाख थान भिटिएमसमेत आयात गर्न लागिएको बताए ।

भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो । यस्तै सो कम्पनीले नौ थान अटोेमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरटिडी किटसमेत ल्याउने तयारी गरेको छ । पीसीआर किटको अभावमा केही स्थानमा स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा सङ्कलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ ।

पीसीआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले समेत पीसीआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ ।

सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पीसीआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ । लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो ।

ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म एक लाख २१ हजार ८६२ जनाको पीसीआर परीक्षण भएको छ भने आरटिडी परीक्षण एक लाख ८८ हजारको भएको छ ।

देशभर एक लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ०७ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना