कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी ७० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९१६ पुगेको छ ।

आज दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

आज नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो ।

त्यसै आज भेरी अस्पतालको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत विवरण सार्वजनिक गर्दै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका १९ जना, रोल्पाका १७ जना र बर्दियाका ६ जना छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  २ : १७ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५