नेपालसँगको सम्बन्ध सँधै मजबूत छ- भारतीय सेना प्रमुख नरवणे | Khabarhub Khabarhub

नेपालसँगको सम्बन्ध सँधै मजबूत छ- भारतीय सेना प्रमुख नरवणे


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली – भारतिय सेनाका सेना प्रमुख एमएम नरवणेले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरेका छन् ।

नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच सांस्कृतिक संम्बन्ध सधै मजबूत रहेको भन्दै भारत र नेपालबीचको सम्बन्ध सधै बलियो हुने धारणा व्यक्त गरे ।

यसअघि उनले सीमा मिचिएको भन्दै नेपालमा सुरु भएको आन्दोलनमा उत्तरी छिमेकी मुलुकको उक्साहट भएको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए ।

उनले भने ‘हामी भौगोलिक,सांस्कृतिक,ऐतिहासिक एवंम् धार्मिक कडीबाट बाँधिएका छौँ । हामी दुवै देशका जनतासमेत मजबूत सम्बन्धद्धारा जोडिएका छौं । हाम्रो नेपालसँगको सम्बन्ध सधै मजबूत रहँदै आएको छ । आगामी दिनमा समेत सम्बन्ध मजबूत रहन्छ ।’

नेपालले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेको छ । आजै संसदले संविधान संशोधनको विद्येयक समेत प्रतिनिधिसभाबाट पारित गर्दैछ ।

उनले भारत र चीनबीच लद्दाखमा जारी गतिरोधको मामला पनि समाधान हुनेतिर अघि बढिरहेको बताएका छन् । थलसेना प्रमुखले नरवणेले चीनसँग जोडिएको सीमा क्षेत्रमा स्थिति पुरै नियन्त्रणमा रहेको बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : ५३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन