विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू, चीनलगायत देशमा फेरि संक्रमित भेटिन थाल्यो « Khabarhub

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू, चीनलगायत देशमा फेरि संक्रमित भेटिन थाल्यो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ।

लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्।

चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ।

कोरोना महामारी पूर्णतः नियन्त्रणमा आएको भनिएपनि बेइजिङमा दुई जना नयाँ संक्रमित भेटिएका हुन्। यी मानिसहरुमा कसरी संक्रमण भयो भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन।

संक्रमणका नयाँ मामिला भेटिएपछि बेइजिङ प्रशासनले प्राथमिक विद्यालयहरु खोल्न हतार नगरिने जनाएको छ।

कोरोना संक्रमित थप मानिसहरु भेटिएपछि दक्षिण कोरियाले गहन रोकथाम र स्वच्छताको कामलाई फेरि तीव्रता दिएको छ।

त्यहाँको सरकारले प्रतिदिन १० भन्दा कम संक्रमित फेला नपरेसम्म यो काम जारी राख्ने बताएको छ। हालै राजधानी सोउल लगायत कैयौं स्थानहरुमा हालै नयाँ संक्रमितहरु भेटिएका छन्।

जारी महामारीबाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोरेको अमेरिकाका कैयौं राज्यहरुमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। अस्पतालका शय्याहरु खचाखच भरिएका छन्।

टेक्सस र एरिजोनामा निकै तेज गतिमा संक्रमण फैलिएको छ। अस्पतालहरुमा कोरोना संक्रमितको भीड लागेको छ।

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण विश्वका अधिकांश मुलुकको अर्थव्यवस्थामा निकै खराब असर परेको छ। अवस्था थप खराब हुन नदिन कैयौं देशहरु लकडाउन हटाउन चाहन्छन्।

युरोपेली संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याडिकसले भनेका छन्, ‘संघअन्तर्गतका २७ सदस्य मुलुकहरुमा आग्रह छ, विद्यालय र व्यवसाय फेरि खोल्नुअघि व्यापक परीक्षण गरियोस्।

आवश्यक परे लकडाउनमा गरिएको खुकुलोपन फेरि फिर्ता लिनुपर्ने हुनसक्छ।’

हालै लकडाउन खुला गरेको भारतले संक्रमितको संख्यामा बेलायतलाई पछि पारेको छ।

त्यहाँ संक्रमित संख्या दुई लाख ९७ हजार ५३५ पुगेको छ। बेलायतमा हालसम्म दुई लाख ९४ हजार ४०२ जना संक्रमित भेटिएका छन्। भारत धेरै संक्रमित रहेको विश्वको चौथो मुलुक बनेको छ। अब अमेरिका, ब्राजिल र रसियामा मात्र भारतमा भन्दा धेरै संक्रमित छन्।

भारतले ८ जुनदेखि बजार र धार्मिक स्थल खुला गरेको थियो। यसपश्चात देशभर कोरोना संक्रमितको संख्या झनै बढिरहेको छ। विज्ञहरुले भारत कोरोना महामारीको चरमसीमामा पुग्न बाँकी नै रहेको बताएका छन्। लकडाउन खोल्नुअघि ८ जुनमा भारत कोरोनाबाट बढी प्रभावित देशको पाँचौं नम्बरमा थियो।

तर १२ जुनमा बेलायतलाई पछि पार्दै भारत यो सूचीको चौथो नम्बरमा उक्लिएको छ।

नियन्त्रणमा आएजस्तो देखिएपनि नयाँ संक्रमितहरु भेटिन थालेपछि फेरि चिन्ता बढ्न थालेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। संगठनमा कार्यकारी निर्देशन डा. माइकल रायनले भनेका छन्, ‘विश्वका कैयौं देश अहिले महामारीको पहिलो लहरसँग जुधिरहेका छन्, युरोपका केही देश, दक्षिण पूर्वी एसिया र उत्तर अमेरिकामा कोरोनाको चरमसीमा देखिएको छ।’

केही देशहरुले लकडाउन लगाएर कोरोनाको बढ्दो मामिला नियन्त्रण गरेपनि केही देशमा नयाँ संक्रमित फेला परेकाले त्यहाँ कोरोनाको दोस्रो लहर देखिएको डब्ल्यूएचओले जनाएको छ। यसको अर्थ यी देशहरुमा महामारी समस्या पूर्ण रुपमा समाप्त नभएको भन्ने हो। निर्देशक रायनले भनेका छन्, ‘लकडाउनमा गरिएको खुकुलोपना र मानिसहरुबीचको सम्पर्कले यस्तो अवस्था निम्तिएको हुनसक्छ, भौतिक दूरीको पालना गरिएको छैन, संक्रमित संख्या बढ्न नदिन मानिसहरुलाई एक अर्कोसँग अलग्याउन जरुरी छ र व्यापक परीक्षण गर्नुपर्छ।’

कोरोना महामारीविरुद्धको लडाईँ अझै अन्त्य नभएको जनाउँदै रायनले भाइरसको प्रकोप फेरि उल्टिने खतरा रहेको बताएका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : ०७ बजे

आज २०७९ साल जेठ १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०७९ साल जेठ १५ गते आइतबार। ज्योतिष

चर्चित गायिका साकिरामाथि कर छलीको आरोप

लसएन्जल्स– कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा

ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने

काठमाडौँ- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ- चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ– नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३