घोराहीमा कोरोना रोकथाम व्यवस्थापनमा ८३ लाख खर्च | Khabarhub Khabarhub

घोराहीमा कोरोना रोकथाम व्यवस्थापनमा ८३ लाख खर्च


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि ८३ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७०५ रूपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोना राहत कोषमा उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायतको ६६ लाख पाँच हजार ९११ रूपैयाँ जम्मा भएको थियो । बन्दाबन्दीका समयमा आर्थिक रुपमा विपन्न पाँच हजार ५४८ परिवारलाई गत वैशाख १५ गतेसम्म रु १८ लाख १७ हजार मूल्यको खाद्य सामग्री सहयोग गरिएको उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिए ।

उपमहानगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउनेलाई राख्नका लागि १९ वटा वडाका ८५ स्थानमा क्वारेन्टिन निर्माणका लागि २७ लाख ६ हजार ४१२ खर्च गरिएको छ ।

पचासी स्थानमा तीन हजार ४१६ शैय्या क्षमता रहेको क्वारेन्टाइन निर्माण, आवश्यक फर्निचर र कपडालगायत सामग्री खरदमा उक्त रकम खर्च भएको उपमहानगरपालिका, आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६