शुक्रबारदेखि नेपालमा भित्रियो मनसुन, सक्रिय हुन केही दिन लाग्ने | Khabarhub Khabarhub

शुक्रबारदेखि नेपालमा भित्रियो मनसुन, सक्रिय हुन केही दिन लाग्ने


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ ।

सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्ने मनसुन यसपटक २ दिन ढिला गरी १२ जुनमा प्रवेस गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यससंगै मौसमी गतिविधि बढ्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यद्यपि तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार आज पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने सम्भावना रहेको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिम भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

त्यसैको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : १९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६