२ जना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे | Khabarhub Khabarhub

२ जना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी अस्पतालमा आइसोलेसनमा रहेका दुईजना संक्रमति अस्पतालबाट भागेका छन् ।

नारायणी अस्पतालका एक चिकित्सकका अनुसार हिजो संक्रमण पुष्टि भइ राति ९ बजे अस्पतालको आइसोलेसनमा भर्ना भएका दुईजना संक्रमति आज भागेका हुन् ।

उनीहरु स्वास्थ्य मन्त्रालयले हिजो दिउँसो संक्रमण पुष्टि गरेको पर्साका २९ जना मध्येका दुईजना हुन् ।

राजनाथ यादव र असरफ हवारी नाम गरेका दुईजना संक्रमित आइसोलेसनबाटै भागेको अस्पतालका एक चिकित्सकले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार अस्पतालबाट भागेका दुवै संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

डिएसपी शाहीले भने, अस्पतालले केही समय अघि दुईजना संक्रमित अस्पतालबाटै भागेको खबर गरेपछि अहिले हामीले प्रहरी परिचालन गरेर उनीहरुको व्यापक रुपमा खोजी कार्य थालिसकेका छौं ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०