गुल्मी जिल्ला भोलिबाट ५ दिन सिल गरिने | Khabarhub Khabarhub

गुल्मी जिल्ला भोलिबाट ५ दिन सिल गरिने


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- जिल्ला प्रशासन कार्यालयले गुल्मीले जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै सिल गर्नुपरेको प्रशासनले जनाएको हो।

जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातसम्म जिल्ला सिल गर्न लागिएको हो। आवतजावत पूर्णरुपमा बन्द रहेको समयमा एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत्, संचार, खानेपानी औषधि र इन्धनका सवारीलाई नरोकिने प्रशासनले जनाएको छ।

सर्वसाधारण नागरिकहरु बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ। सिलकै समयमा खाद्यान्न खरिदका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचना हेर्नुहोस

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ४ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन