कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधिको प्रयोग | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधिको प्रयोग


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि समेत प्रयोग गरिएको खुलेको छ ।

संक्रमितको रगत बाक्लो हुँदै डल्लो नै परेको पाइएपछि चिकित्सकहरुले रगत पातलो बनाउने औषधि पनि प्रयोग गरेको पाइएको छ ।

चिकित्सकहरूका अनुसार रगत पातलो बनाउने औषधि सामान्यतया हृदयघात भएपछि ‘प्राइमरी एन्जियोष्लाष्टि’ हुन नसक्ने अवस्थामा मुटुसम्म रगत पास गर्न चलाइने गरिएकोमा त्यहाँ कोरोनाको उपचारमा पनि रगत पातलो बनाउने औषधि प्रयोग गरिएको खुलेको हो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीको प्रतिवेदनमा कोरोनाका गम्भीर रोगीको शरीरमा रगतको डल्ला बनिरहेको र त्यसले ज्यान लिने गरेपछि रगत पातलो बनाउने औषधि चलाइएको उल्लेख छ । उक्त औषधि चलाइएपछि आधा जस्तो संक्रमित मृत्यु हुनबाट जोगिएका छन् ।

माउन्ट सिनाई कार्डियोभास्कुलर इन्स्टिच्युटका प्रमुख डाक्टर भ्यालेन्टाइन फोस्टरका अनुसार रगत पातलो बनाउने औषधि दिँदा मर्नेको संख्या घटेर आधा भएको छ ।

अमेरिकाको एटलान्टा राज्यको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमअन्तर्गतका १० अस्पतालमा भर्ना भएका मानिस रगतमा डल्लो परेर मरेको पाइएको बताइएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ०३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न