ओलम्पियन धावक हरि रोकायाको लकडाउन अनुभव | Khabarhub Khabarhub

ओलम्पियन धावक हरि रोकायाको लकडाउन अनुभव

गाउँ फर्किनेको संख्या बढ्दा जुम्लामा त्रास


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अहिलेसम्म नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नदेखिएको प्रदेश हो, कर्णाली । ९ पडाही जिल्ला रहेको कर्णाली प्रदेश अन्य प्रदेश भन्दा भौगोलिक हिसाबले कठिन मानिन्छ । कोरोना भाइरसबाट जोगिन कर्णालीमा पनि विभिन्न किसिमका तयारी भएका छन् ।

कोरोनाको जोखिम घटाउन सामाजिक दुरी कायम गर्न सरकारले लकडाउन लगाएको पनि आज ५१ दिन पुरा भइसकेको छ । ५१ दिनसम्म आइपुग्दा कर्णाली प्रदेशमा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छैन् ।

तर, पछिल्लो समय जिल्ला बाहिर रहेका नागरिक गाउँ फर्किन थालेपछि कर्णालीका जुम्लाबासी त्रसित बनेका छन् । स्थानीय तहले जिल्ला बाहिर समस्यामा परेका आफ्ना नागरिक गाउँ फर्काउँदै सम्यमता नअपनाइएको ओलम्पियन धावक हरि बहादुर रोकाया बताउँछन् ।

विश्वभर कोरोनाबाट २ लाख ९२ हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् भने नेपालमा २१९ जनामा संक्रमण पुष्टि भएको छ ।

‘अहिलेसम्म त यहाँ संक्रमण देखिएको छैन । सबै ढुक्क जस्तै छन् । तर, आजभोलि बाहिरबाट आउने मान्छेहरुले कोरोना ल्याउँछन् कि भन्ने डर छ,’ रोकायाले खबरहबसँग भने, ‘यहाँ भएका मानिसहरु पनि लकडाउनको पालना गर्न आनाकानी गरिरहेका छन् । त्यसमाथि कोरोना भाइरसले प्रवेश पायो भने कस्तो हुन्छ कसैले सोचेका पनि छैनन् ।’

स्थानीयको चेतना स्तरले पनि असर गर्ने रोकायाको भनाई छ। ‘सरकारले लकडाउन लगाएको छ । स्थानीय प्रशासनले पनि कडाइ गर्न खोजिरहेको छ । तर, मानिसहरु भने मुखमा मास्कलगाएर बाहिरतिर बरालिरहेका हुन्छन्,’ उनले भने, ‘यो चाहिँ चेतना स्तर कम भएर हो कि जस्तो लाग्छ ।’

जुम्ला बजारमा आजभोलि बिहानको समय बजार केही खुल्ला हुन्छ । तर, दिनभर सुनशान जस्तै हुने गरेको छ । ‘कोरोना भयानक रोग हो यसबाट जोगिनु पर्छ भन्ने यहाँका स्थानीयमा पनि छ । तर, व्यवहारमा देखिँदैन,’ उनले भने ।

२/४ दिनअघिसम्म भारतबाट रातारात हिँडेर मानिसहरु घर फर्किएको रोकायााले बताए । बाहिरबाट जिल्ला फर्किनेलाई व्यवस्थित तरिकाले घर पुर्‍याइएको छैन । जुन जोखिमपूर्ण रहेको उनको बुझाई छ ।

‘जिल्लामा क्वारेन्टाइन बनाइएको छ । तर मानिसहरु त्यहाँ बस्न मान्दैनन् । काठमाडौं अथवा भारतबाट आएका मानिसहरुलाई जिल्ला प्रवेश नै नगराउने भनेको त होइन । तर गाउँ फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखेर घर फर्किन दिँदा हुन्थ्यो नि!’ रोकायााले भने ।

स्थानीय तहहरुले आफ्ना नागरिक गाउँ फर्काउँदा उनीहरुको स्वास्थ्य नै नगरेको आरोप रोकाया लगाउँछन् ।

‘गाउँ फर्किनेहरुको कोरोना चेक जाँच पनि हुँदैन । राम्रो सँग जाँच गरेर पठायो भने पो आउने मानिसपनि सुरक्षित घर परिवार पनि सुरक्षित हुन्छन्,’ धावक रोकायाले भने, ‘मेरो कारण घर परिवार समस्यामा पर्छ भन्ने बुझ्नु पर्ने हो ।’

स्थानीय सरकारले काठमाडौं अथवा अन्य क्षेत्रबाट गाउँ फर्किएका आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध पनि मिलाएको थियो । तर, केही स्थानीय तहमा पहुँचवालाहरुले आफ्ना मान्छेहरुलाई सिधै घर पठाएको र जसको पहुँच छैन । उनीहरुलाई क्वारेन्टाइनमा राखेको भन्दै विरोध पनि भएको उनी बताउँछन् ।

‘आफ्नो मान्छेलाई घर पठायो र अरुलाई क्वारेन्टाइनमा बसाल्यो भनेर पनि विरोध भएको थियो। त्यसैले पनि क्वारेन्टाइन बसाल्ने कुरा प्रभावकारी हुन सकेन कि जस्तो लाग्छ,’ रोकायाले भने ।

लकडाउनको समयमा पनि जुम्लामा स्थानीय विकास निर्माणका काम भइरहेको उनी बताउँछन् । ‘अहिले यहाँ विकासको काम भइरहेका छन् । सडक बाटो बनाउने, पुल बनाउने लगायतका कामहरु भइरहेका छन्,’ उनले भने ।

रोकायााले जुम्लामा रोकाया स्पाट्स फाउण्डेसन संचालन गरेका छन् । जहाँ एथेलेटिक्सका खेलाडीहरुले अभ्यास गर्छन् । लामो समयदेखि जुम्लामा बसेर एथलेटिक्सका खेलाडी उत्पादन गरिरहेका रोकायाको एकेडेमीमा लकडाउन अगाडिसम्म ४० जना खेलाडी थिए ।

कोरोनाको जोखिमसँगै टाढाका खेलाडीहरु घर गएपछि अहिले १०–१२ जना नियमित बिहानको समय अभ्यास गरिरहेको बताउँछन् ।

‘एकेडेमी बिहान खुल्छ । खेलाडीहरु नियमित अभ्यास गरिरहेका छन । छुट्टै ठाउँमा भएकाले उनीहरुको अभ्यासमा समस्या भएको छैन,’ रोकायाले भने ‘अभ्यास गर्दा दुरी सन्तुलन गरिएको हुन्छ ।’

त्यसोत, रोकायाले आफ्ना खेलाडीलाई घरमा बाटोमा हिड्दा वा गाउँमा कसैसँग पनि धेरै नजिक भएर नहिड्नु, सरकारले भने जस्तै, मास्क लगाउने, साबुन पानीले हात धोनु भनेर सम्झाइ पनि रहेका हुन्छन् ।

म्याराथन धावक उत्पादन गर्न हाईअल्टीचयुटमा दौडिने खेलाडीहरु अहिले बिहानको समय भेला भएर फिजिकल गरेर घर फर्किने गरेको उनी बताउँछन् ।

बैशाख १ गते जुम्लामा ‘हेरिटेज रन’ भन्ने दौड प्रतियोगिता आयोजना हुने तय थियो । तर, कोरोनाका कारण त्यो स्थगित भएको र विद्यालयस्तरका केही खेल प्रतियोगिताहरु पनि स्थगित भएको उनले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : २१ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश