लण्डनबाट वेपत्ता थापामगरको शव फेला | Khabarhub Khabarhub

लण्डनबाट वेपत्ता थापामगरको शव फेला


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट वेपत्ता धनमाया थापामगरको शव फेला परेको छ । उनी आइतबार शारीरिक अभ्यास गर्न घरबाट निस्केपछि सम्पर्कविहीन भएको थिइन ।

प्लमस्टिड कमनको झाडीमा सोमबार बेलुकी भेटिएको प्रहरीले जानकारी दिएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)की कोषाध्यक्ष तथा ग्रीनीच एक्स गोरखा एसोसिएसन (जीगेसा) की सल्लाहकार देवीमाया पुनले जानकारी दिइन् ।

उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । पाल्पा स्थायी घर भएकी ६५ वर्षीया धनमाया लण्डनमा श्रीमान र छोरा, बुहारीका साथ ९ वर्षदेखि बस्दै आएकी थिइन् । उनका श्रीमान रेवतबहादुर थापा जिगेसाका उपाध्यक्ष हुन् । बिदामा नेपाल गएकी उनी गत मार्च महिनामा मात्रै बेलायत फर्किएकी थिइन् ।

प्रहरीले खोजी गर्ने क्रममा धनमायाको शव फेला पारेर सोमबार राति १० बजे घरमै आएर परिवारलाई खबर गरेको थियो । शुरुमा स्थानीय प्रहरीले खोजी गर्दा धनमायालाई भेट्न नसकेपछि सोमबार साँझ मेट्रोपोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ले खोजी थालेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ३५ बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा