लकडाउनका बेला आपूर्ति व्यवस्था सहज बनाउन पोर्टल सेवा शुरु | Khabarhub Khabarhub

लकडाउनका बेला आपूर्ति व्यवस्था सहज बनाउन पोर्टल सेवा शुरु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज तथा राहत वितरणलाई सहज, छिटो र छरितो बनाउने लक्ष्यका साथ विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको छ ।

सङ्कटका बेला सार्वजनिक सेवालाई अनलाइनमार्फत सहज तथा छिटो र छरितो बनाउन सोमबारदेखि विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण घटेका घटनाहरुको नियमित सूचना सङ्कलन र विश्लेषणलाई मध्येनजर गर्दै दैनिक अत्यावश्यक उपभोग्य बस्तुको सहज आपूर्ति तथा गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणलाई महत्व दिएर उक्त सेवा शुरु गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा सम्पूर्ण प्रदेशवासीलाई दाल, चामल, तेल, तरकारी, ग्यास, डिजेल, पेट्रोललगायतका दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन उक्त सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र असहाय/अशक्तहरुलाई गरिने राहत वितरणमा प्रदेशस्तरीय तथ्याङ्क तयार गरी सोही तथ्याङ्कका आधारमा आपूर्ति व्यवस्था मिलाउन तथा छिटो, छरितो, पारदर्शी र प्रभावकारी रुपमा राहत वितरण गर्न पोर्टल सेवा सञ्चालनमा ल्याएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिका संयोजक विकास लम्सालले जानकारी दिए ।

‘विद्युतीय माध्यमबाट सङ्कलित तथ्याङ्कले सहजतामा ठूलो सहयोग पुग्नेछ,’ मन्त्री लम्सालले भने ‘यस विपद्को समयमा सम्पूर्ण प्रदेशवासीलाई आवश्यक पर्ने उपभोग्य वस्तुको विवरण माग र राहत वितरणका लागि सही तथ्याङ्क उपलब्ध हुने उनको विश्वास रहेको छ । उक्त विद्युतीय पोर्टल प्रयोग गर्न स्थानीय तहलाई अनुरोध गरे ।

उपभोक्ताले आवश्यक खाद्य वस्तु तथा औषधिको माग गर्न सक्नेछन् भन्दै उनले स्थानीयवासीले युजर बनाई उपलब्ध गराएका फार्ममार्फत प्रदेशस्तरीय कोरोना भाइरससम्बन्धी विविध विवरण घटनागत आधारमा अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

प्रदेशस्तरमा कार्यविधि तयार पारी सहज प्याकेज र राहत प्याकेजको व्यवस्था गर्दै प्रदेशका ११ जिल्लामा त्यो सामान पुर्‍याउने व्यवस्था गरिएको बताउँदै मन्त्री लम्सालले प्रदेशभित्र खाद्यान्न र राहतमा कहीँकतै समस्या नभएको स्पष्ट पारे । उनले समस्या भएका स्थानीय तह तथा व्यक्तिले उक्त वेबसाइटमार्फत विवरण पेश गर्न तथा जानकारी गराउन सक्ने बताए ।

कोरोना महामारीको कठिन अवधिमा प्रदेशभित्र रहेका स्वदेशी तथा विदेशी श्रमिक र असहाय/अशक्तहरुलाई सम्बन्धित स्थानीय तहमार्फत राहत वितरण गर्न प्रदेश सरकारले रु छ करोड ५० लाख बजेटको व्यवस्था गरिसकेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न गरिएको बन्दाबन्दीका कारण गण्डकी प्रदेशका जनतामा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारले प्रदेशस्तरीय, जिल्ला, स्थानीय तहमा पालिकास्तरीय आपूर्ति अनुगमन समिति गठन भई काम गर्दै आएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ४२ बजे

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर