बिरामीहरुका लागि काठमाडौं महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा  « Khabarhub

बिरामीहरुका लागि काठमाडौं महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा 


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मिर्गौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।

आज काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवर्द्धन सापकोटाले संयुक्तरुपमा हस्ताक्षर गरेको हुन् । सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच ओटा एम्वुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गर्नेछ ।

लकडाउनको समयमा हृदयघात, मिर्गौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने सम्भावित विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘सम्भावित विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० को व्यवस्था गरेको छ ।’

एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट सेवा दिने जनाइएको छ । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : १० बजे

सात फोटोको सेरोफेरो [फोटोफिचर]

काठमाडौँ : आज शनिबार । साताको बिदाको दिन विभिन्न ठाउँ

शनिबार शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले

आज २०७९ साल साउन २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७९ साल साउन २८ गते शनिबार। ज्योतिष

३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा

पाँचथर- फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा

प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण

काठमाडौँ– विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ ।