लकडाउनका समयमा लिग नगराएको भन्दै एन्फाविरुद्ध सि डिभिजन क्लबहरुको आक्रोश ! | Khabarhub Khabarhub

लकडाउनका समयमा लिग नगराएको भन्दै एन्फाविरुद्ध सि डिभिजन क्लबहरुको आक्रोश !


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व अहिले नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीबाट गुज्रिरहेको छ । नेपालमा सोमबार मध्याह्नसम्म १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् । कोरोनाकै कारण चैत ११ बाट नेपाल लकडाउनमा छ ।

समाजिक दूरी कायम गर्न भन्दै सरकारले लकडाउन लगाएको २० दिन पुरा भइसकेको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नागरिकलाई आग्रह पनि गरिरहेको छ ।

देश कोरोनाबाट कसरी जोगिने भनेर यसको अभियानमा लागिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने महामारीको बेला पनि छुट्टै ‘खिचडी’ पाकिरहेको छ । देश कोरोनाको महामारीसँग जुधिरहँदा सहिद स्मारक ‘सि’ डिभिजन फुटबल लिग क्लबहरु एन्फाविरुद्ध आन्दोलनको आन्तरिक तयारीमा छन् ।

सरकारले चालेको कोरोनाविरुद्धको अभियानलाई साथ दिनेभन्दै एन्फाले केन्द्रीय कार्यालयसहित सबै जिल्लालाई अनिश्चित कालका लागि विदा दिइसकेको छ ।

यसबीचमा जारी सहिद स्मारक बी डिभिजन लिगसहित दर्जनबढी नकआउट प्रतियोगिता स्थगित छन् । चैत २८ गतेदेखि हुने तय भएको सहिद स्मारक सि डिभिजन लिग पनि अहिले स्थगित छ ।

यस विषयमा एन्फाले कुनै आधिकारीक जानकारी गराएको छैन् । यता, सि डिभिजन लिग नभएको भन्दै क्लबहरु भने आन्तरिक रुपमा एन्फाविरुद्धको आन्दोलनमा जुटिरहेका छन् ।

एन्फाले फागुन अन्तिम साता सि डिभिजन लिगहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा एन्फा नेतृत्वले जसरी भएपनि लिग संचालन गर्ने वाचा दिएको भन्दै सि डिभिजन क्लबहरु आक्रोसित बनेका हुन् ।

‘हामीसँगको छलफलमा एन्फा अध्यक्षले लकडाउन भएपनि हामी दर्शक विनाको लिग गर्छौं भन्नु भएको थियो,’ सि डिभिजन लिग क्लब प्लानिङ व्वाइज युनाइटेडका अध्यक्ष तथा एन्फा केन्द्रीत सदस्य दाबा लामाले भने, ‘अहिले क्लबहरुले तयारी गरिसक्दा प्रतियोगिता भएन भन्न मिल्छ ?’

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले देश लकडाउनमा गएपनि खेल प्रतियोगिता गराउने बताएपछि क्लबहरुले लिगका लागि अन्तिम तयारी गरेका थिए । लिग नहुने अवस्था आए क्लबहरुको अहिले सम्मको लगानी एन्फाले दिनु पर्ने उनीहरुको माग छ ।

सि डिभिजनमा १४वटा क्लब छन् । जसमा उनीहरुले यस सिजनका लागि भन्दै खेलाडी अनुबन्ध देखि आन्तरिक तयारी गरिसकेको अवस्थामा लिग नहुँदा क्लबहरुलाई घाटा हुने र त्यो खर्च एन्फाले व्येहोर्नु पर्ने उनीहरुको माग छ ।

प्लानिङ व्वाइज युनाइटेडका अध्यक्ष तथा एन्फा केन्द्रीत सदस्य दाबा लामा सि डिभिजन लिग क्लबहरुका संयोजक समेत हुन् । उनकै नेतृतवमा आइतबार सि डिभिजनका क्लबका पदाधिकारीहरुबीच छलफल भएको थियो । फोनमार्फत भएको छलफल पछि क्लवहरुले आफूहरुको लगानी डुब्ने भन्दै एन्फाले प्याकेज घोषणा गरि त्यसको समाधान गर्नुमा सबै सहमत भएको लामाले खबरहबसँग बताए ।

‘एन्फाले लिग समयमै हुन्छ भनेपछि हामीले तयारी गरेका थियौं । अब अहिले यो सिजनको लिग हुने सम्भावना कम हुँदै गएको छ । यस्तो अन्यौलमा लिगका लागि तयारी गरेका क्लबहरुले आफ्नो लगानी कसरी व्येहोर्ने ?,’ लामाले अगाडि भने, ‘क्लबहरुले खेलाडीसमेत अनुबन्ध गरि तयारीमा थिए ।’

एन्फाले लिग जुनसुकै अवस्थामा पनि आयोजना गर्ने बताएपछि आफूहरुले तयारी गरेको र अहिले क्लबहरुले २–३ लाखदेखि ५ लाखसम्म खर्च भइसकेको भन्दै यदि एन्फाले खर्च व्येहोर्न इनकार गरे क्लबहरु सबै मिलेर एन्फाविरुद्ध लड्ने बताए ।

‘लिग भएन भने हाम्रो लगानी एन्फाले दिनुको विकल्प छैन, उनले भने त्यसो भएन भने हामी एन्फाविरुद्ध जानुको विकल्प पनि हुँदैन,’ लामाले भने ।

एन्फा प्रवक्ता किरण राईले भने कोरोना भाइरसको महामारी सकिएपछि सि डिभिजन लिगबारे एन्फाले पछि मात्रै निर्णय गर्ने बताउँछन् ।

‘सि डिभिजन लिग हामीले चाहेर रोकेको होइन । अप्रत्यासित रुपमा यो घटना अगाडि आइसकेपछि प्रतियोगिताहरु रोकिएका हुन्,’ प्रवक्ता राईले भने, ‘देश लकडाउनमा रहँदा सि डिभिजन गर्ने कुरा पनि भएन । त्यो सकिँदैन पनि । महामारीले गर्दा समस्या भएको हो । यसले सि डिभिजन लिग क्लबहरुसँगलाई समस्या भएको पनि होला । यसमा हामी क्लबहरुसँग क्षमायाचना गछौं ।’

कोरोनाकै कारण रोकिएका प्रतियोगिता जतिसक्दो छिटो महामारी रोकियो भने सम्भव भएसम्म यो वर्षका प्रतियोगिता संचालन गर्ने बताउँछन् ।

देश महामारीसँग लडिरहेको बताउँदै एन्फा अध्यक्ष कर्मा छिरङ शेर्पा भने ‘अहिले यो विषयमा छलफल गर्ने बेला नै होइन ।’

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १२ : ३१ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले