कर्णालीमा र्‍यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो | Khabarhub Khabarhub

कर्णालीमा र्‍यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् ।

विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताए । उनका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ ।

यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा ‘थ्रोट स्वाब’ सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण (र्‍यापिड टेस्ट) का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १२ : ३६ बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट