डा भट्टराईको शुभकामना सन्देश : देश 'कोरोना' र 'करप्सन' भाइरस मुक्त होस् | Khabarhub Khabarhub

डा भट्टराईको शुभकामना सन्देश : देश ‘कोरोना’ र ‘करप्सन’ भाइरस मुक्त होस्


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ साल महाउथलपुथलकारी वर्ष हुनसक्ने टिप्पणी गरेका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले २०७६ साल नेपालमा शासकले करप्सन भाइरसको महामारी थोपरेको पनि आरोप लगाएका छन् । उनले भनेका छन्, त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे !

उनले नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्रायः उथलपुथलपूर्ण रहदै आएको उल्लेख गर्दै यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ पनि टिप्पणी गरेका न् । उनले भने-“देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्। सबैको भलो होस् । हार्दिक शुभकामना!”

नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको नयाँ वर्षको शुभकामना यस्तो छ :

फेरि एक पटक एउटा बर्ष ( वि सं २०७६ ) वितेर अर्को बर्ष ( २०७७ ) शुरू भएको छ ! अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छ; हामी त्यति नै समयले मृत्यु नजिक हुँदैछौं! यो तपाईंहाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो ।

ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी (अहिलेसम्म थाहा भए अनुसार ) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्छौं । तर गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो!

त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे ।

नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहदै आएको छ। यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ ! देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस् ! सबैको भलो होस्! हार्दिक शुभकामना!

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : २४ बजे

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ