वार्षिक राशिफल २०७७ : यो वर्ष तपाइँका लागि कस्तो रहनेछ ? | Khabarhub Khabarhub

वार्षिक राशिफल २०७७ : यो वर्ष तपाइँका लागि कस्तो रहनेछ ?


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।  ज्योतिष शास्त्रको माध्यमबाट मानिसको जीवनमा आईपर्ने अनेकन घटनाहरूलाई सुक्ष्म अध्ययन द्वारा विश्लेषण पूर्वानुमान गरिन्छ ।

वार्षिक राशिफल जन्म राशि (जन्म कुण्डलीमा चन्द्रमा जुन राशिमा छ ) त्यसै राशिको लग्न भावमा राखेर वार्षिक राशिफलले आउने वर्षको घटनाहरूलाई विश्लेषण गरि एकवर्षसम्म हुनसक्ने मुख्य घटनाहरूको अनुमान गरिन्छ ।

वार्षिक लग्नको लागि सबैभन्दा पहले मन्द गतिले हिड्ने ग्रहहरूको फलको का विचार गर्ने गरिन्छ । जसमध्ये शनि ग्रहले हाम्रो जीवनका साना ठूला सबैप्रकारमा घटनालाई हेर्ने गर्दछ । कहिले मार्गी र कहिले बक्री हुँदै शनिग्रह एउटा राशिमा लगभग अढाई वर्षसम्म रहन्छ र एउटा राशिमा लगभग एक वर्षसम्म रहने वृहस्पतिको प्रभावले पनि जीवनको अनेकन मुख्य घटनाहरूलाई विचार गरिएको हुन्छ ।

यसका साथै वार्षिक राशिफल हेर्न चन्द्रबाट अरू ग्रह हरूको स्थितिलाई विचार गरेर फलाफेश गर्ने गरिन्छ । ज्योतिष एस्ट्रोलोजर राजले गत वर्ष भन्दा २०७७ साल निकै राम्र रहेको बताएका छन् ।

उनले कोरोनाभाइरसको महामारी चाँडै अन्त्य हुने समेत विश्वास लिएका छन् । यस विषयमा फलादेश गरेर अनेक टिकाटिप्पणी गर्नु भन्दा घरमै सुरक्षित बसेर सम्यमता अपनाउनुपर्ने बताएका छन् । उनले विभन्न राशिहरुका लागि वार्षिक फलादेश यस्तो गरेका छन् ।

मेष (चु चे चो ला लि लु ले लो अ)

कार्यमा सफलता पाइनेछ। वर्षको अन्त्यमा विशिष्टजनको सम्पर्कले आर्थिक लाभ दिलाउनेछ। व्यापार–व्यवसायमा सफलता पाइनेछ। अध्ययन–अध्यापनमा सफलता हात लाग्ला। कारोबारमा प्रशासनिक व्यवधानको सामना गर्नुपर्ला। रोजगारी प्राप्त हुनेछ। राजनीतिक, सामाजिक, न्यायिक कार्यमा सफलता पाइएला। घरमा मांगलिक कार्य हुनेछन्। तुलनात्मक रूपमा भदौ, पुस, चैत महिनामा व्यावसायिक समस्या सामना गर्नुपर्नेछ। पराक्रम बढ्नेछ। वर्षको प्रारम्भमा आर्थिक अभाव महसुस हुनेछ। खिन्नता बढ्न सक्छ। आफन्तसँग खटपट हुने देखिन्छ। सहयोगीसँग अनावश्यक विवाद हुन सक्छ। स्वास्थ्यमा समस्या आउनेछ। अध्ययन–अध्यापनमा बाधा आउने देखिन्छ। शारीरिक चोटपटक लाग्न सक्छ। अंक ५ र ९ शुभ रहनेछन्।

बृष (इ उ ए ओ वा वी वु वे वो)

राजनीतिक र न्यायिक क्षेत्रमा नेतृत्वको अवसर प्राप्त होला । वर्षको प्रारम्भमा विरोध हुँदाहुँदै पनि प्रशंसनीय कार्य सुरु गरिनेछ। शैक्षिक क्षेत्रमा लगानीको अवसर जुट्नेछ। सामाजिक कार्यमा लगाव घट्नेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नुका साथै शैक्षिक क्षेत्रमा सफल भइनेछ। व्यापार–व्यवसायमा उतारचढाव हुनेछ। साउन २१ देखि मंसिर १ गतेसम्म फजुल खर्च बढनुका साथै शत्रु बढ्ने, आफन्तसँग कलह हुने र चोटपटक लाग्ने सम्भावना छ। अन्तरजातीय प्रेम प्रसंग चल्नाले घरजम गर्न पारिवारिक विरोध सामना गर्नुपर्ला। दाम्पत्य जीवनमा प्रेम बढ्नेछ। परिवारमा मांगलिक कार्य हुनेछ। कात्तिक, मंसिर र फागुन महिना आर्थिक रूपले कमजोर रहनेछन्। व्यावसायिक सफलताका दृष्टिले वैशाख, भदौ, पुस लाभदायक छन्।

मिथुन (का कि कु घ ङ छ के को हा)

सामाजिक प्रतिष्ठा गिर्न सक्छ। जागिरमा विवाद उत्पन्न हुनाले अनावश्यक आरोप लाग्न सक्छ। साउन २१ पछि अध्ययन–अध्यापनमा अवरोध सामना गर्नुपर्नेछ।  स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। व्यापार–व्यवसायमा गतिरोध सामना गर्नुपर्ला। परिवारका सदस्यको उपचारमा खर्च गरिनेछ। दाँत, आँखामा समस्या आउला। अचल सम्पत्तिको विवादले मानसिक अशान्ति बढ्नेछ। आफन्तसँग मुद्दामामिला पर्न सक्छ। वर्षको मध्य र अन्त्यमा कृषि व्यवसायमा लाभ हुनेछ। सामाजिक कार्यमा समय बित्ला। जागिरमा पदोन्नति हुनेछ। राजनीतिक कार्यमा प्रभाव बढ्नेछ। नयाँ आयमूलक कार्यको थालनी हुनेछ। सन्तान प्राप्तिको योग छ। प्रेम प्रस्ताव आउनेछ। आर्थिक दृष्टिले वैशाख, जेठ, फागुन महिना फलदायी छन्।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

आयआर्जनमा सुधार आउनेछ। अध्ययन–अध्यापनमा सफलता पाइनेछ। वर्षको पूर्वाद्र्ध सफलताले भरिपूर्ण रहनेछ। आफन्तको सहयोगले थालेको व्यापारमा लाभ हुनेछ। मान्यजनको सहयोग प्राप्त हुुनेछ। जागिरमा पदोन्नति हुनेछ। वैदेशिक यात्राको योग छ। सामाजिक कार्यमा समय व्यतीत हुनेछ। जग्गा, भवन, गाडीजस्ता सामग्री जोडिनेछन्। वर्षको मध्यमा हुनेवाला जीवनसाथीसँग भेट हुन सक्छ। शारीरिक प्रतिभाको उच्च मूल्यांकन हुनेछ। वर्षको अन्त्यमा राजनीतिक कार्यमा गतिरोध आउनेछ। वैदेशिक रोजगारीमा समस्या आउन सक्छ। अनावश्यक खर्चमा नियन्त्रण गुमाउँदा ऋण बढ्नेछ। व्यापारमा समस्या देखिनेछ। विश्वासपात्रबाट प्रशासनिक कार्यमा धोका पाइनेछ। पुराना मुद्दामामिला ब्युँतिने योग छ। साउन, कात्तिक, माघ महिना लाभदायक रहनेछन्।

सिंह (मा मि मू मे मो टा टी टु टे)

प्रियजनको सहयोग प्राप्त हुनेछ। आर्थिक हिसाबले वैशाख, पुस, चैत महिना कमजोर रहे पनि अन्य महिना शुभ रहनेछन्। पैतृक सम्पत्ति प्राप्त हुनेछ। औद्योगिक क्षेत्रका कार्यमा सफलता पाइएला। स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक कार्यमा सहभागी भइनेछ। वर्षको मध्यमा शत्रुले समस्या सिर्जना गर्नाले अनावश्यक तनाव बढ्न सक्छ। वर्ष मिश्रित फलदायक रहनेछ। बौद्धिक क्षेत्रमा काम गर्नेका लागि वर्ष शुभ रहनेछ। अधुरा कार्य पूरा गरिएलान्। संघर्षले कार्यमा सफलता दिलाउला। दाम्पत्य जीवनमा विश्वासको संकट आउला। जागिरमा झन्झट बेहोर्नुपर्ला। वर्षको अन्त्यमा सवारीसाधन किनबेच गरिनेछ। न्यायिक काममा सफलता हात लाग्ला। नयाँ कार्य गर्ने अवसर पाइनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

नयाँ वर्षको सुरुवाती समय राम्रो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। कृषि व्यवसायमा लाभ पाइनेछ। शैक्षिक क्षेत्रमा गरिएको लगानीले खासै लाभ नदेला। मंसिरदेखि दाजुभाइ, दिदीबहिनीबीच सद्भाव बढ्नेछ। जग्गा, घर र वाहनको व्यवसायबाट प्रशस्त लाभ पाइनेछ। नयाँ कार्यको थालनी गरिएला। आर्थिक हिसाबले असोज, माघ महिना लाभदायक रहनेछन्। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आफन्तको सहयोग पाइनेछ। अधुरा कार्य पूरा हुनेछन्। उच्चतम तहको अध्ययन पूरा हुनेछ। साउनको अन्त्यदेखि कात्तिकसम्म सवारीसाधन र हतियार चलाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ। अनावश्यक लाञ्छना लाग्न सक्छ।

तुला (र री रु रे रो ता ती तू ते)

घरपरिवारमा राम्रो सम्बन्ध स्थापित हुनेछ। घरमा मांगलिक कार्य हुनेछ। वैशाखदेखि साउनसम्म र मंसिरपछिका महिना मानसिक र शारीरिक रूपमा केही कष्टदायक रहनेछन्। राजनीतिक कार्यमा विश्वासको संकट हट्दै जानेछ। आकर्षक रोजगारी पाउनुका साथै पदोन्नति हुने योग छ। बन्न लागेको कार्यमा प्रशासनिक झमेलाले बाधा उत्पन्न गराउन सक्छ। वैशाख र साउन महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने भदौ, असोज आर्थिक रूपले लाभदायक रहनेछन्। स्वास्थ्यमा आंशिक समस्या देखापर्न सक्छ। वर्षको सुरुवातमा काममा ढिलासुस्ती, झुटा आरोप, मुद्दालगायत समस्या देखिन सक्छन्। समय संघर्षमय रहेकाले सावधानी अपनाउनुपर्ने देखिन्छ। अध्ययन–अध्यापन, परीक्षा, वैदेशिक यात्रा, सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। मंसिरपछि आफन्तको सहयोग पाइएला।

बृश्चिक (तो ना नी नू ने नो या यि यु)

वर्षको पूर्वाद्र्धमा आकस्मिक धनलाभ हुनेछ। सामाजिक कार्यमा मान–सम्मान प्राप्त हुनेछ। वैदेशिक यात्राबाट लाभ पाइनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। साउनको अन्त्यदेखि कात्तिकसम्म मानसिक, शारीरिक र आर्थिक रूपमा समस्या भोग्नुपर्ला। पारिवारिक सम्बन्धमा मतभेद आउन सक्छ। भूमिसम्बन्धी कारोबारमा समस्या सामना गर्नुपर्ला। वर्षको अन्त्यमा प्रेम प्रस्ताव आउन सक्छ। आर्थिक रूपले मंसिर, माघ, चैत महिना लाभदायक रहनेछन् भने वैशाख, भदौ, असोज स्वास्थ्यका लागि प्रतिकूल छन्। नयाँ वर्षको साउन मध्यसम्मको समय फलदायक रहनेछ। व्यापार–व्यवसायमा अपेक्षित लाभ पाइनेछ। औद्योगिक क्षेत्रमा सहकार्यमा काम गरिएला। पारिवारिक मेलमिलाप बढ्नाले व्यवसायमा प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोत देखापर्नेछन्। कृषि कार्यमा लगानी बढ्नेछ।

धनु (ये यो भा भि भु धा फा ढा भे)

वर्षको उत्तराद्र्धमा शिक्षा क्षेत्रमा प्रगति हुनेछ। अनावश्यक यात्रा गर्नुपर्ने देखिन्छ। पदोन्नतिमा विघ्न–बाधा पर्नेछ। राजनीतिक कार्यमा सफलता हात लाग्ला। जग्गाजमिनसम्बन्धी व्यवसायमा प्रशासनिक अवरोध आउन सक्छ। खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ। न्यायसम्बन्धी कार्यमा सफलता हात लाग्ला। विरोधी सहयोगी बनेर देखापर्लान्। असोज, पुस, चैत महिना लाभदायक रहनेछन् । चोटपटक लाग्न सक्ने भएकाले सचेत रहनु उचित हुनेछ। वर्ष मध्यम फलदायी रहनेछ। अध्ययन–अध्यापनमा सुधार आई सफलता पाइनेछ। बोलीको प्रभाव बढ्नाले मित्र बढ्नेछन्। मातापिताको आशीर्वादले नयाँ कार्यको थालनी हुनेछ। आफन्तको सहयोग पाइनेछ। सामाजिक कार्यमा व्यस्त भइनेछ। प्रेमभाव बढ्नाले शत्रु पराजित हुनेछन्।

मकर (जो जा जी खी खू खे खो गा गी)

अध्ययन–अध्यापनमा खासै प्रगति नहोला। विश्वासपात्रबाट धोका हुन सक्छ। सन्तानको सहयोगले अधुरा काम पूरा हुनेछन्। जागिरमा स्थानान्तरणको सम्भावना छ। प्रेम प्रस्ताव आउन सक्छ। पारिवारिक सम्बन्धमा उतारचढाव आउने देखिन्छ। रोजगारीको नयाँ स्रोत फेला पर्ला। सामाजिक कार्यमा खर्च हुनेछ। शत्रु सबल रहनाले कार्यमा बाधा पुग्न सक्छ, सचेत रहनुहोला। वर्षको पूर्वाद्र्धमा अनावश्यक खर्च बढ्नेछ। तुलनात्मक रूपमा भदौ, पुस महिना लाभदायक रहनेछन्। बोलीको प्रभाव बढ्नेछ। शैक्षिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।वर्ष मध्यम फलदायी रहेको छ। सामाजिक कार्यमा लगाव बढ्नेछ। वैदेशिक रोजगारीका दृष्टिले वर्ष शुभ छ। धेरै समयदेखि अल्झिएका कार्य सुचारु हुनेछन्।

कुम्भ (गू गे गो सा सी सु से सो द)

वैशाख, असार, साउन महिना कष्टदायक रहनेछन्। आर्थिक रूपले भदौ, पुस, फागुन लाभदायी छन्।यो वर्ष उत्साहजनक तरिकाले काम सुरु हुनेछ। सामाजिक कार्यमा प्रशंसा पाइनेछ। स्वास्थ्यमा सुधार आउने देखिन्छ। रोजगारीमा व्यवधान सामना गर्नुपर्ला। वर्षको सुरुवात शुभ हुनेछ। जिम्मेवारी थपिनेछ। वैदेशिक रोजगारी र कृषि कार्यमा लाभ हुनेछ। भूमि, वाहन किनिनेछ। मातापिताको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ। रोजगारीको नयाँ अवसर हात लाग्नेछ। जडीबुटीसम्बन्धी काममा सफल भइनेछ। प्रेम प्रस्तावले खुशी बनाउनेछ। मित्रजनसँग दूरी बढ्न सक्छ। सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ। न्यायिक कार्यमा प्रशासनिक अल्झन आउने भए पनि सफलता पाइनेछ। वर्षको उत्तराद्र्धमा अध्ययन–अध्यापनमा सफलता पाइएला।

मीन (दि दू थ भ ञ दे दो चा ची)

अनुसन्धानात्मक कार्यमा सफल भइनेछ। अनावश्यक खर्च वृद्धिले आर्थिक संकट निम्त्याउन सक्छ। कृषिबाट अपेक्षित लाभ नहोला। वैदेशिक यात्रामा प्रशासनिक अवरोध आउन सक्छ। यो वर्षको पूर्वाद्र्ध र मध्य मिश्रित फलदायी रहनेछन्। अध्ययन–अध्यापनमा मन जानेछ। जागिरमा पदोन्नतिका साथै स्थानान्तरणको योग छ। प्रेममा अविश्वास बढ्नाले मनमुटावको स्थिति रहला। औद्योगिक उत्पादनमूलक कार्यमा सन्तुष्टि मिल्नेछ। मनमा उत्साह बढ्नेछ। दाम्पत्य जीवनमा उतारचढाव आउनेछ। सामाजिक मान–सम्मान बढे पनि शत्रुले गर्दा चिन्ता पनि बढ्न सक्छ। शैक्षिक क्षेत्रमा सम्मान पाइनेछ। वर्षको मध्य र अन्त्यमा चोटपटक लाग्न सक्छ। वर्षको अन्त्यमा स्वास्थ्य समस्याले सताउला। आर्थिक दृष्टिले भदौ, पुस, माघ, चैत महिना लाभदायक रहनेछन्।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १४ बजे

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

चितवन– त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ

इलाम–२ मा कुन दलका उम्मेदवार को ?

काठमाडौँ– इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५

गाजामा खाद्यान्न नरोक्न इजरायललाई आईसीजेको आदेश

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको माथिल्लो अदालत इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)

रूसले बन्द गर्‍याे उत्तर कोरियामाथि निगरानी गर्ने राष्ट्रसंघीय निकाय

न्युयोर्क– रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम– सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना