लकडाउन उल्लंघन गर्ने ७ जनालाई एक एक हजार डलर जरिवाना | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने ७ जनालाई एक एक हजार डलर जरिवाना


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अधिकांश मुलुक लकडाउनमा छन् ।

सबै देशका सरकारले सुरक्षित भएर घर भित्रै बस्न आग्रह गरिरहे पनि लकडाउन उल्लंघनका घटना रोकिएका छैनन् ।

हालै क्यालिफोर्नियाको सान्ता क्रुजमा घरभित्र बस्ने आदेश उल्लंघन गर्ने ७ जनालाई एक हजार डलरका दरले जरिवाना गरिएको छ । शेल्टर इन प्लेसको आदेश उल्लंघन गरेका कारण उनीहरुलाई सजाय स्वरुप जरिवाना गरिएको हो ।

उनीहरु मादक पदार्थ किन्नका लागि फ्रिमोन्टबाट आएको जनाइएको छ । सान्ता क्रुजभन्दा बाहिरबाट आएर समुदायलाई जोखिममा राख्नेहरुलाई जरिवाना तिराइने त्यहाँका प्रहरी प्रमुखले जनाएका छन् ।

उनीहरु ५० माइल गाडी चलाएर त्यहाँ आएको जनाइएको छ । सान्ता क्लारा काउन्टीको जनस्वास्थ्य विभागको वेवसाइटमा अत्यावश्यकबाहेक अन्यकाममा घरबाहिर नजान भनिएको छ । घरमा जमघट र भोजभतेर गर्न समेत प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाका अहिलेसम्म ५ लाख ६० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ भने २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६