कोरोना प्रभावित वुहानबाट नेपालीको उद्दार गर्नेलाई 'प्रधानसेनापति प्रशंसा निशान' प्रदान | Khabarhub Khabarhub

कोरोना प्रभावित वुहानबाट नेपालीको उद्दार गर्नेलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपालीहरुको उद्दार गरी निषेधावधि (क्वारेन्टाइन) मा राख्दासम्म परिचालन भएका सैनिक कर्मचारीसहित चिकित्सकलाई नेपाली सेनाले सम्मान गरेको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित विशेष कार्यक्रमका बीच कोराना टास्क फोर्समा खटिएका सैनिक कर्मचारी र गैरसैनिक चिकित्सकलाई सम्मान गरेका हुन् ।

कोरोना टाक्स फोर्समा खटिएका सैनिक कर्मचारीहरुलाई सम्मानस्वरुप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

चीनको वुहानबाट नेपालीहरुको उद्दार गरी क्वारेन्टाइनमा रहँदासम्म परिचालन भएका १९ जना सैनिक कर्मचारी तथा १ जना गैरसैनिक (चिकित्सक)लाई निशान प्रदान गरिएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ०६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ