लोकदोहोरी गायक कटुवाल पुर्पक्षका लागि थुनामा | Khabarhub Khabarhub

लोकदोहोरी गायक कटुवाल पुर्पक्षका लागि थुनामा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत तनहुँले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कटुवालमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै गत फागुन ५ गते उजुरी परेको थियो । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

गायक कटुवालमाथि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको थियो ।

५ फागुनमा परिवारसँग पोखरा घुम्न गएका कटुवाल डुम्रेस्थित लालकाजीको होटल अगाडि गाडी पार्किङ गरेका थिए । त्यतिबेला कटुवाल पत्नीले वान्ता गरेपछि होटल सञ्चालक र कटुवालबीच भनाभन भएको थियो ।

होटल व्यवसायी गुरुङलाई कटुवालले पख्लास् भन्दै थर्काएको र सोही साँझ अपरिचित समूहले गुरुङको टाउकोमा रडले हानेर भागेको जनाइएको छ ।

घटनापछि गुरुङकी सोनिकाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

गायक कटुवालले मोही खाउँला बोट्कामा, फूल फुल्यो केसरी, तोरी बोटैमा लगायका गीत गाएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४३ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण