कोरोना भाइरसको त्रास : नेपालले बन्द गर्‍यो सगरमाथा आरोहण | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : नेपालले बन्द गर्‍यो सगरमाथा आरोहण


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले सगरमाथा आरोहण बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै नेपालले सगरमाथा आरोहण बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णयमा भनिएको छ,‘ ’सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको छ ।’

सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ ।

यसैगरी मार्च १४ बाट लागु हुने यो नियममा सरकारले त्यसयता नेपाल आउने विदेशी, नेपाली वा गैर आवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ ।

चीनले यसअघि नै चिनियाँ बाटा हुँदै सगरमाथा आरोहण बन्द गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : १९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६