भेनेजुएलाका विपक्षी नेताका काका पक्राउ | Khabarhub Khabarhub

भेनेजुएलाका विपक्षी नेताका काका पक्राउ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराकास– भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोका काका पक्राउ परेका छन् ।

गुआइदोसँगै विदेश भ्रमणबाट फर्केका उनका काका हुआँ होजे माक्र्वेजलाई राजधानी कराकासमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भेनेजुएलाका अधिकारीले जनाएका छन् ।

भेनेजुएलामा प्रतिबन्धित सामग्री ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको भेनेजुएलाको सत्तारुढ समाजवादी पार्टीका उपाध्यक्ष डियोस्डाडो काबेयोले जनाएका छन् । काबेयोले टेलिभिजनमा दिएको अन्तरवार्तामा माक्र्वेजले विदेशबाट बुलेटप्रुफ भेष्ट र संदिग्ध विष्फोटक पदार्थ भित्र्याएको आरोप समेत लगाएका छन् ।

त्यसबाहेक माक्र्वेजले ‘भेनेजुएलाविरुद्ध कारवाहीका लागि विद्युतीय उपकरण’ ल्याएको काबेयोको आरोप छ । यद्यपि माक्र्वेजलाई जबरजस्ती बेपत्ता पारिएको नभई गिरफ्तार गरी कारवाही अघि बढाइएको काबेयोको भनाइ छ ।

अर्कोतर्फ गुआइदोको प्रेस टिमले भने माक्र्वेजलाई निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएलाको सत्ताले संदिग्ध कर अनियमितताको आरोपमा गिरफ्तार गरेको जनाएको छ । तीन साता लामो विदेश भ्रमणपछि गुआइदोसँगै स्वदेश फर्केका उनले विमानस्थलको अध्यागमन सामान्य रुपमै पास गरेपनि पछि विमानस्थलबाट निस्कनेबेला पक्राउमा परेको गुआइदोको प्रेस टिमले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

उनीविरुद्ध विमानस्थलनजिकैको अदालतमा बुधबार अबेरबाट कानूनी कारवाही चलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकी श्रिमतीले भने माक्र्वेज विमानचालक मात्र भएको र राजनीतिक रुपमा उनी स्वतन्त्र रहेको भन्दै उनको रिहाईको माग गरेकी छिन् ।

समाजवादी राष्ट्रपति मादुरोका नीतिका कारण अर्थतन्त्र ओरालो लाग्दै जान थालेपछि हालसम्म भेनेजुएलाबाट ५० लाख भन्दा धेरै मानिसहरु पलायन भइसकेका छन् । सरकार विरोधी प्रदर्शनका माझ गतवर्ष आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकासहित ५० भन्दा धेरै मुलुकले अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।

मादुरोले भने गुआइदोलाई अमेरिकी कठपुतली भन्दै कूमार्फत् मुलुकको वैधानिक सरकार गिराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : ०९ बजे

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत