बचत गर्नेमा महिलाभन्दा पुरुष बढी | Khabarhub Khabarhub

बचत गर्नेमा महिलाभन्दा पुरुष बढी


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बैंंकिङ पहुचमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । बैंक खाताको प्रयोग गर्नेमा महिला भन्दा पुरुष अगाडि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यस आर्थिक वर्षको पुस मसान्त सम्ममा मुलुकभर कुल ९३ प्रतिशत बचत खातामा पुरुष संख्या ४८ प्रतिशत रहेको छ भने महिला ३० प्रतिशतको मात्र रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा ७ सय ५३ स्थानीय तहमा ७ सय ४८ वटा बैंक तथा वित्तीय संस्थाहरू छन् ।

करिब ६१ प्रतिशत नेपालीको क, ख र ग वर्गका वित्तीय संस्थामा खाता रहेको पाइएको छ । त्यसमा पनि ‘घ’ र सहकारीलाई पनि जोड्ने हो भने करिब ९३ प्रतिशतको बैंकमा खाता छ, जसमा ७८ प्रतिशत मात्रै बचत खाता छ । चालू आर्थिक बर्षको पुष मसान्तसम्ममा महिलाको ३० प्रतिशत र पुरुषको ४८ प्रतिशत बचत खाता छ ।

बचतमा महिला आकर्षण

गत आर्थिक बर्षमा २५ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषको बचत खाता सञ्चालनमा रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आर्थिक २०७४/७५ मा २२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषको बचत खाता थियो । यसरी विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने महिलाको बचत गर्ने बानी क्रमिक रूपमा बढ्दै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणकार भट्टका अनुसार विगत ३ बर्ष यता बचत गर्ने महिलाको संख्या बढी रहेको छ । स्थानीय नागरिकहरुमा बित्तीय जागरण ल्याउने, गाँउ गाँउ, टोलटोलमा बैंकले दिने सुबिधा, प्रक्रिया, बैंकिङ पहुचताले हुने फाइदाहरु, बचत गर्ने बानी बिकासका कार्यक्रमहरु गर्दा महिलाहरुमा बचत गर्ने बानीको विकास भएको उनले बताए । महिलाहरुमा घरपरिवार घर खर्च तथा पुरुषले खर्च गर्ने रकम दिने हुनाले बचत खाता तथा रकम कम देखिएको प्रवक्ता भट्टले बताए ।

पछिल्लो समय वित्तीय क्षेत्र तथा अन्य क्षेत्रमा समेत महिला कार्यरत महिलाको संख्या पनि बढ्दै गएको छ । बैंकको प्रमुख र उपप्रमुखमा पनि महिला छाउन थालेका छन् । मुलुभर रहेका २८ वाणिज्य बैंकहरूमा अहिले करिब ४० प्रतिशत महिला छन् । त्यसो त राष्ट्र बैंकको सञ्चालक समितिमा पनि १ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

महिला तथा पुरुषको कुन प्रदेशमा कति खाता
प्रदेश नं. १
प्रदेश नं.१ मा ४७ लाख ४ हजार ४ सय ६१ जना पुरुषको बचत खाता छ भने महिलाको ११ लाख १५ हजार ९ सयवटा बचत खाता छन् ।

प्रदेश नं. २
प्रदेश नं. २ मा १२ लाख ८३ हजार ७ सय ९३ पुरुष र ७ लाख ३८ हजार १ सय ३ वटा महिलाको बचत खाता छन् ।

बागमती प्रदेश
बागमती प्रदेशमा ६६ लाख ६५ हजार ५ सय ७८ पुरुष र २८ लाख ३० हजार १ सय ३८ महिलाका बचत खाता छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा ४ मा ११ लाख ८९ हजार १ सय ३० पुरुष र १२ लाख ६३ हजार ६ सय १७ महिलाका बचत खाता छन् ।

प्रदेश नं. ५
प्रदेश नं. ५ मा १६ लाख ५२ हजार ३ सय ८५ पुरुष र १३ लाख ४४ हजार ९ सय ८६ महिलाको बचत खाता छन् ।

कणार्ली प्रदेश
कणार्ली प्रदेशमा २ लाख ८७ हजार २ सय ३७ पुरुष र २ लाख ३ हजार ५ सय ६ महिलाको बचत खाता छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा ६ लाख ७७ हजार ४ सय ३२ पुरुष र ४ लाख ९७ हजार ९ सय ५ महिलाका बचत खाता छन् ।
हाल देशभर बैंक तथा वित्तीय संस्थामा ३ करोड भन्दा धेरै बचत खाता सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : १४ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट