कोरोनाको प्रभाव पर्यटनमा, आगमनदर २ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

कोरोनाको प्रभाव पर्यटनमा, आगमनदर २ प्रतिशतले घट्यो


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव विश्वभर पुगेको छ । कोरोनाकै संक्रमणबाट आज (बिहीबार)सम्म १ हजार ३ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने, ४८ हजारभन्दा बढी संक्रमित छन् ।

कोरोना भाइरसको महामारीले सामान्य जनजीवनदेखि पर्यटक आवागमन प्रत्यक्ष प्रभावित भएको छ । नेपालमा भ्रमण बर्षको शुरुको महिनामै पर्यटन आगमनमा कमि आएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल आएका छन् । सन् २०१९ को जनवरीमा ८१ हजार २ सय ७३ जना पर्यटक नेपाल आएका थिए । गत बर्षको तुलनामा यो बर्ष आगमनमा २ प्रतिशतले कमी हो ।

तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा भारतबाट १७ हजार ६ सय ६३ पर्यटक आएका थिए ।

चीनबाट सन् २०१९ को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । अमेरिकाबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ ।

अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५ सय ९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६ हजार ३ सय ८६ पर्यटक आएका छन् । डिसेम्बर २०१९ देखि शुरु भएको कोरोना भाइरसले चीनतर्फको पर्यटन बजार खस्किदा यसले भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभाव पर्ने देखिएको छ ।

अध्यागमन विभागका महानिर्देशक इश्वर राज पौडेलका अनुसार कोरोना भाइरस संक्रमण्मको असर पर्यटन आवागमनमा असर परेको छ । उनले भने धेरै जसोले कोरोना भाइरसको डरले बुकिङ रद्द गरेका छन् । चिनियाँ मात्र नभइ भारत लगायत अन्य देशका पर्यटकहरुले पनि आएका छौनन् ।

यस अवधिमा भारतीय पर्यटक बढे पनि चिनियाँ पर्यटक घट्दा समग्रमा पर्यटकको संख्या घटेको छ । विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने अनुमान गरिएको यो महामारीले मूलतः पर्यटन उद्योगलाई समस्यामा पार्ने देखिएको छ, खासगरी होटल व्यवसायमा ।

पर्यटन आगमनले होटललगायत पर्यटन क्षेत्रका अन्य व्यवसायलाई धक्का लाग्न सक्छ । अहिले धेरै बैंकहरूले होटलमा लगानी गरेका छन् । होटलमा आम्दानी घटेपछि बैंकहरूको ऋण लगानीको किस्ता उठ्न पनि समस्या हुन सक्छ ।

नेपालले पर्यटनबाट सर्वा्धिक आम्दानी गर्ने स्रोत चीन हो । चीनबाट नेपाल आउने र नेपालबाट चीन जाने हवाई उडानमा कटौती भइसकेको छ । त्यसो हुँदा चिनियाँ पर्यटक घटेसँगै ट्राभल कम्पनी, आन्तरिक विमान सेवा, पर्यटक बस आदिको पनि आम्दानी पनि घट्को छ ।

५० प्रतिशत होटल बुकिङ रद्द

चीनमा नोबेल कोरोना भाइरसले महामारीको रुप लिएसँगै चिनियाँ पर्यटकहरु आउन छाडेका छन् । चीन–नेपाल उडान भर्ने सबै उडान बन्द भएका छन् । होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । बुकिङ्ग भइसकेका होटलहरुको करिब ५० प्रतिशत बुकिङ्ग क्यान्सिल(रद्द) भएका छन् ।

चिनियाँ पर्यटकले धमाधम बुकिङ रद्द गरेपछि पर्यटकीय स्थानका होटलहरूमा पर्याप्त पर्यटक छैनन् । झन्डै शत प्रतिशत चिनियाँले बुकिङ रद्द गरेको अनुमान छ ।

ट्रेकिङ्ग एसोशियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदी अहिलेको चीनको समस्या लामो समय नजाने र वातावरण विस्तारै अनुकुल बन्दै जाने बताउँछन् । बरु अहिलेको समस्या तत्काल समाधान गर्न नेपाल सरकार तथा सरोकारवाला निकायहरुले वैकल्पिक उपायहरु खोज्नु पर्ने उनको भनाइ छ ।

‘चीनका कारण पर्यटन क्षेत्र अस्थबेस्थ भयो, अब सक्कियो भन्ने भन्दा पनि अब हामीले उचित विकल्प खोज्नु पर्छ,’ अध्यक्ष सुवेदीले भने, ‘चीनको विकल्पमा हामीले अन्य विदेशी बजार तयार गर्नतर्फ ध्यान दिनुपर्छ ।’

चीनको बाटो (ट्रान्जिट) हुँदै आउने तेस्रो मुलुकका पर्यटकहरुलाई वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने समेत उनले बताए । यसका लागि सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ थियो छ ।

चिनियाँ अनुदान र पर्यटकले गर्ने खर्चका कारण चीनबाट नेपालले विदेशी मुद्रा आर्जन राम्रै गर्छ । नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा आर्जन गर्न तथा देशभित्र रोजगारी सृजना गर्न पर्यटनलाई प्रमुख उद्योग मानिएको छ ।

अहिले चिनियाँ पर्यटकको आगमन घट्नाले विदेशी मुद्राको ढुकुटीमै पनि थोरै भए पनि समस्या उत्पन्न हुने अवस्था आएको छ । कोरोना माहामारी नरोकिए आर्थिक र वित्तीय जोखिम अझै बढ्ने देखिन्छ ।

सन् २०१९मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल भित्रिएका थिए । जसमा हवाईमार्ग हुदै ९ लाख ९५ हजार ८ सय ८४ पर्यटक र अन्य नाकाहरुबाट २ लाख १ हजार ३ सय ७ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१८ को तुलनामा आगमन संख्या २.०५ प्रतिशतले बृद्धि हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ०९ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।