कोरोनाबाट १३ सय बढीको ज्यान गएपछि डब्लुएचओको चिन्ता | Khabarhub Khabarhub

कोरोनाबाट १३ सय बढीको ज्यान गएपछि डब्लुएचओको चिन्ता

‘महामारी नियन्त्रणको पूर्वानुमान मुस्किल’


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।

हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै   कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको  सीएनएनले जनाएको छ ।

यसमध्य १३ सय ५५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै १४ सय ८४० जना कोरोनाबाट संक्रमित भएका छन । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका  काम थाले पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन ।

यद्यपी मानिसमा कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०