५४ अर्ब चीनले दिन्छ भन्दा खुसी हुने तर अमेरिकाले दिन्छ भन्दा किन बहस : भण्डारी (अन्तर्वार्ता) | Khabarhub Khabarhub
Logo
४ माघ २०७६, शनिबार

५४ अर्ब चीनले दिन्छ भन्दा खुसी हुने तर अमेरिकाले दिन्छ भन्दा किन बहस : भण्डारी (अन्तर्वार्ता)



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो केही सयम यता आन्तरिक कलहमा फसेको छ । पार्टी नेतृत्वको कमजोरीका कारण पूरानो  प्रजातान्त्रिक पार्टी  देशलाई निकाश दिने समयमा समस्यामा परेको चिन्ता कांग्रेसका युवा नेताहरुमा छ ।

पुरानै ढर्रामा पार्टी सञ्चालन हुन नसक्ने र यस्तै खालको नेतृत्वबाट पार्टी आगामी दिनमा सही रुपमा चल्न नसक्ने बहस पनि कांग्रेसमा नभएको होइन । युवा नेताहरुले कांग्रेसमा नेतृत्व परिवर्तन मात्र नभइ पुस्ता हस्तान्तरण हुनुपर्ने आवाज उठाउँदै आएका छन् । यसै मध्येका एक हुन् कांग्रेस युवा नेता डा चन्द्र भण्डारी । 

नेपाली कांग्रेसमा देखिएको समस्या, समाधानको उपाय, देशको पछिल्लो राजनीतिक अवस्था, सीमा  समस्या, सत्ता स्वार्थमा  डराएको विषादीको प्रयोग र डुवान, जनचासोका सवाल र अमेरिकाले नेपाललाई दिने भनिएको सहयोग एमसीसी लगायतका विषयमा नेता भण्डारीसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ नेता भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेपाली कांग्रेसमा पछिल्लो समय विवाद बढ्दै गएको छ ।  कांग्रेसका जिल्ला सभापतिहरुको भेलापछि पार्टी फुटको संघारमा पुगेको भनेर भन्न थालिएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

प्रजातान्त्रिक मूल्य मान्यताअनुसार पार्टीभित्र बसेर सल्लाह गरेर निष्कर्ष निकाल्नु राम्रो कुरा हो । ‘बादे बादे जायते तत्ववोध’ भनेजस्तै छलफल बहसलाई अन्यथा लिनुहुँदैन । हामीले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ नगर्ने हो भने प्रजातान्त्रिक मूल्य मान्यतालाई निषेध गरेको हुन्छ । नेताले पूर्ण रुपमा मूल्य मान्यताअनुसार पार्टी सञ्चालन गर्नुपर्ने हुन्छ ।

तर, समस्याहरु देखिए….

हाम्रो पार्टीमा तीनवटा प्रवृत्तीहरु देखिन्छन् ।  पहिलो कुरा सभापति नजिकका नेताहरुले पार्टीलाई जसरी पनि कब्जामा लिने, विधान जेसुकै होस् । दोस्रो थरी भागबण्डा मिल्यो भने विधान मिचिएर केही नहुने । तेस्रो भनेको पार्टी सभापतिले वा अधिकारप्राप्त व्यक्तिले आफ्ना निर्णय गर्न पाउँछ तर उसले विधान मिचेर विवेक गुमाउन पाउँदैन । यो नियम प्रधानमन्त्री देखि पार्टी सभापति सबै संस्थाहरुमा लागू हुन्छ । तब मात्रै प्रजातन्त्र सफल हुन्छ । यसकै उदाहरण हो बेलायत । जहाँ संसथाहरु बलिया छन् जसका कारणा संविधान नहुँदा पनि चलेका छन् ।

नेपालमा व्यक्त बलियो हुने प्रवृत्तिले संस्थाहरु कमजाेर हुँदैछन् । यो अहिले वर्तमानको समस्या हो ।

 यसको मतलब कांग्रेस सभापति शेरबहादुर देउवाले विधान अनुरुप काम गर्नु भएको छैन भन्ने हो ?

अहिले सभापतिजीले विधानको पालना गर्नुभएको छैन । किनभने महाधिवेशनको निर्णय सर्वसम्मतबाट गर्नुपर्छ । सबैलाई निष्पक्ष रुपमा महाधिवेशन हुन्छ भनेर विश्वास दिलाउनुपर्छ । राष्ट्रिय चुनाव त निष्पक्ष हुन्छ भनेर निश्चित नगर्दासम्म त्यसमाथि विश्वास हुँदैन ।

पार्टी सभापतिजीले महाधिवेशन भएको दुई महिनाअघि नै विभागहरु गठन गर्नु पर्दथ्यो । अब फागुनमा कार्यकाल अन्त्य हुने बेलामा त्यो गर्न मिल्दैन । दोस्रो  आफैले बनाएको विधानमा २८ वटा विभाग रहेका छन् । उहाँले त्यसको संख्या बढाएर ४७ वटा बनाउने प्रस्ताव गर्नु हुँदैन ।  भ्रातृ संस्थाका अधिवेशनहरु समयमा गराउनु पर्थ्यो । पार्टीको विधानका धाराहरु निलम्बर गर्नु पनि हुँदैन थियो । भागवण्डामा कसैको भविष्य निर्धारण गर्न पाइँदैन थियो । देशको राष्ट्रिय चुनावमा त सरकारले सबैपक्ष समावेश गरे निस्पक्षताको ग्यारेन्टी गरे अघि बढ्न पर्छ भने पार्टीमा एक पक्षलाई बाहिर राखेर निर्णय गर्नु अप्रजातान्त्रिक हुन्छ । यो कांग्रेसको परम्परा पनि होइन ।

नेपाली कांग्रेस कुनै पनि हालतमा विभाजन हुँदैन । विभाजनको पीडा सबै राजनीतिक दलले भोगिसकेका छन् । कांग्रेसभित्र विभाजन हैन, नेतृत्वको हस्तान्तरण हुन्छ । नेतृत्व परिवर्तन मात्रै होइन

भेला त आधिकारिक संयन्त्रले बोलाएको थिएन ?

कुनै पनि पार्टी भित्रका भेलाहरु आधिकारिक रुपमै बोलाउनु पर्छ । यो कुरालाई मनन गरेर यो परामर्श मात्र थियो ।

अब के सम्बोधन हुन्छ त, सभापतिहरुको परामर्शपछि आएको विषय ?

सम्बोधन हुन्छ । नहुने कुरा भएन । नेपाली कांग्रेस भित्रको भिभाजनको शंका उठको छ । यो हुँदैन । विभाजनको पीडा सबै राजनीतिक दलले भोगिसकेका छन् । कांग्रेसभित्र विभाजन हैन, नेतृत्वको पुस्ता हस्तान्तरण हुनुपर्दछ । नेतृत्व परिवर्तनले मात्रै पार्टीको मात्र होइन देशको समस्या पनि समाधान हुँदैन । अहिले नेतृत्व हस्तान्तरण हुने बेला आएको छ यी कुराहरुलाई पार्टी सभापतिले निष्पक्ष सोचबुझ पूर्ण विना पूर्वाग्रह निकालेका छन् । यसलाई पार्टी सभापतिले सम्बोधन गर्नुपर्छ ।

नेतृत्व हस्तान्तरण हुन्छ भन्नु भयो तर सभाापति देउवा फेरि नेतृत्व लिने तयारीमा देखिनुहुन्छ, रामचन्द्र पौडेल पनि आकांक्षी हुनुहुन्छ ।

नेपाल पछि पर्नुको कारण नेतृत्वको संकट हो । हेरक क्षेत्रका नेतृत्वको संकट हो । धार्मिक क्षेत्रमा सन्यासी  पादरी बन्दछन् आआफ्नो वस्त्र धारण गर्दछन् । उनीहरुको दायित्व समाजलाई समाजलाई अनुशाशित मर्यादित र ज्ञान दिलाउने हो । हाम्रो पूर्वीय दर्शनमा त एउटा सन्यासी कुटीमा बस्छन्, ५ घरभन्दा बढीमा भिक्षा माग्न पनि पाउँदैनन् । उनीहरु ज्ञानका भण्डार हुन् । अहिलेका सन्यासीले सन्यासको अर्थ बुझेनन् । त्यस्तै अर्कोतिर नेताहरु छन्, उनीहरुको कर्तव्य राष्ट्रको सेवा गर्ने हो । नेताहरुले पनि नेताको अर्थ बुझेनन् । यी दुबै सन्यासी र राजनीति गर्ने आफ्नो कर्तव्यबाट च्यूत भएर दरबार बनाउन दौडिँरहेका छन् । कसरी ठूलो घर बनाउने भन्नेतिर । नेपालको राजनीतिमा तलदेखि माथिसम्म लागेको सबैभन्दा ठूलो रोग यही हो । नेपालको सबैठाउँमा वा विश्वमा यो रोग देखिएको छ ।

तपाई पशुपति, लुम्बिनी, जानकी जानुस् या नेपालका ठूला मन्दिरमा जानुस् । पुजारीमा र त्यसका सञ्चालकमा कति परिवर्तन देख्नुहुन्छ । त्यो नेपालको वर्तमान अवस्था हो ।

३० वर्षसम्म हामीले केही गर्न सकेनौं । भारतको केजरीवालले ४ वर्षमा गरेको काम, उसको माथि मोदी, अमित शाहको दवावमा उनले जनतालाई गुणयुक्त शिक्षा, खानेपानी, निशुल्क स्वास्थ्य सुरक्षित पारवहन प्रविधि दिन सके । तर न हामीले गर्यौं न राजाले गरे । तसर्थ नेपालको सुन्दर भविष्य शान्ति समृद्धि सुखका लागि हरेक क्षेत्रमा नयाँ नेतृत्वको आवश्यकता छ ।

नेपालको नेतृत्व किन उत्तरदायी भएन ? यसको समाधान के हो जस्तो लागेको छ ?

नेपालको राजनीति जब रसिद केन्द्रीत हुन्छ ज्ञान विवेक छलफल निषेध हुन्छ । तसर्थ हामी ठूला दिमाग राखेर नेपालको हित कसरी हुन्छ भनेर मनन गरौं । वर्तमान नेतृत्वले अहिलेको चुनौतीहरुको समाधान गर्न सक्छ कि सक्दैन त्यसैको आधारमा आफूलाई बदलौ । पार्टीलाई र देशलाई बदलौै । उम्म्दवार बन्ने अधिकार सबैलाई हुन्छ ।

नेपाली कांग्रेस पार्टी प्रजातान्त्रिक हो भन्ने ? आफ्नै पार्टीमा लोकतान्त्रिक अभ्यास छैन ?

नेपाली कांग्रेस पूर्णत प्रजातान्त्रिक विधी अनुसार गठन हुन्छ । प्रजातान्त्रिक विधि अनुसार नै आफ्ना निर्णयहरु गर्छ । धेरै मानिसहरु यो अधिवेशनमा सहभागी हन्छन् । कुनै नेताले कमी कमजोरी गरो भन्दैमा यसको अभ्यास प्रजातान्त्रिक छैन भन्न मिल्दैन । जुन प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षण र जनतालाई अधिकार दिलाउनका निमित्त जन्मिएको पार्टी हो ।

नेपाली कांग्रेसको जुन छवि छ, प्रजातान्त्रिक पार्टी शशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न सकेको छैन, अहिले कम्युनिष्टले शासन गरिरहेको छ, नयाँ पुस्तालाई आकर्षण गर्ने तपाईहरुको के छ योजना ?

नेपाली कांग्रेसको छवि प्रजातान्त्रिक हो । र त्यसको विचार आफ्नै स्वतन्त्र र मौलिक छ । यसको इतिहासमा  एकातिर पूँजीवाद र एकातिर साम्यवादको ध्रुवीकरणमा विश्व रहेका बेला फरक ध्रुवीकरण लैजाने सक्ने व्यक्तित्व थिए । जसले प्रजातान्त्रिक समाजवादको अवधारणा लिए । अहिलेको परिस्थितिमा सपना जस्तो लाग्ला , १६ हजार विगाहा आफ्नो जग्गा राज्यलाई दिएर भूमिसुधार लागू गर्ने सुवर्णशमशेर जस्तो व्यक्ति पनि यही थिए । किसुनजीजस्तो राष्ट्रवादी व्यक्तित्व, तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पार्टी सभापतिकारुपमा किसुनजीलाई अघि सार्ने गणेशमानजी जस्ता व्यक्तित्व । यस्ता व्यक्तिहरु जो विश्वका नेताहरुको तुलना गर्दा पहिलो नम्बरमा आउने नेताहरुको उत्तराधिकारी सबैभन्दा कमजोर इतिहासमा भएको अहिले मैले महशुस गरेको छु । जसले आफ्नो इतिहास, गर्व र कर्तव्यको सम्बोधन गर्न सकेको छैन ।

अहिले कस्तो भयो भने देश डुवानमा हुँदा पनि कोही बोल्दैन । देश खुम्चिँदा पनि कोही बोल्दैन । राष्ट्र कसले बनाएको कसलाई सम्बोधन गर्न पर्छ भन्ने छैन । विचार दृष्टिकोण सबै हराएको अहिलेको अबस्थामा हामीले अवसर पाएका छौं । सबैले अवसर पाउँदैनन् । यो अवसरबाट कांग्रेसले देशको इतिहास राख्नुछ । जनताको मत जित्नुपर्नेछ, यो अवस्थामा पार्टीमा धेरै कमी, कमजोरीहरु भएका छन् । एक अर्कोलाई गाली गर्न थाल्यो भने झन् द्वन्द्व हुन्छ । यसलाई कम गर्दै देश विकासमा लाग्नुपर्ने अबस्था आएको छ ।

हामी यति निकृष्ठ भयौँ कि ५४ अर्ब चीनले दिन्छभन्दा हामी खुसी हुने । ६० अर्ब एनसेललाई छाडिदिने । यति ग्रुपलाई छाडिदिने, मेसिन किन्ने भनेर ६ अर्बमा पाइनेलाई २२ अर्बमा किन्ने । अनि अमेरिकी सहयोगका विषयमा बहस गरेर बस्ने ?

संसदमा त कस्तो भयो भने हामीले संसदीय व्यवस्था अंगालेका छौं । जुन हाउस अफ कमन्स, हाउस अफ लर्डस् छ । हाउस अफ कमन्सले डुवानको कुरा उठाउन सकेन, सिमा मिचिएको कुरा उठाउन सकेन, विषाधि खानालाई उठाउन सकेन, त्यो राष्ट्रिय एजेण्डा बनेन । त्यसले देशको प्रतिनिधित्व गर्न सक्दैन । दोस्रो हाउस हाउस अफ लर्डसले आफ्नो दायित्व निर्वाह गरेको छ । नेपाल डुब्दा र नेपालको सिमा मिचिएका बेला संयुक्त रुपमा संकल्प प्रस्ताव पारित गरेको छ । इतिहासमा हाम्रो सदनले संकल्प प्रस्ताव संयुक्त रुपमा पास गर्न सक्यो । यसले जो हाउस अफ लर्ड नेताका व्यक्ति राखिएको छ, यसले विश्वको उदाहरण बन्न सकेको छ । तर हाउस अफ कमन्स जस्तो नेपालमा गर्न सकेन ।

तर जनप्रतिनिधिको स्थलमा रुपमा रहेको संसदमा जनताको समस्याका बारेमा छलफल हुन्छ भन्ने विश्वास त देखिदैँन नि ?

प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार नेपालको संसदमा जुन किसिमको छलफल हुनुपर्ने हो, ति कुनै बहस नहुँदा नेपाली जनता निराश छन् । त्यसर्थ जनताको आवाजको प्रतिनिधित्व, चुनौतीको समाधान गर्ने स्थान बनेन भने अहिले जुन निराशा देशमा आएको छ, हाम्रा् सदन भ्रष्टहरुलाई संरक्षण गर्ने विधेयक बनाउजस्तो देखियो । किन त्यस्तो भयो भने प्रमुख प्रतिपक्षी दलले उचित रुपमा पहल गर्न सकेन ।सकारणले प्रजातन्त्र कमजोर भएको महशुश भएको हो ।

एमसीसीका विषयमा अहिले छलफल चर्चा र बहसको विषय बनेको छ । कांग्रेसले पारित गर्नुपर्छ भन्ने धारणामा स्पष्ट राखेको छ । युवा नेताको हैसियतमा तपाईको धारणा के छ ?

नेपालीहरुले अनावश्यक रुपमा बहस गर्छन् । त्यो नेपालमा कम्युनिष्टहरुले बढी गर्छन् । हामीले पहिला ३७ वर्षअघि अरुण नदीमा बिजुली निकाल्न दिने भनेका थियौँ । त्यो बनेको भए नेपालीहरु कामको खोजीमा विदेश जानुपर्ने अबस्था आउने थिएन, उज्यालो हुने थियो ।

कम्युनिष्टहरुले नचाहिने नारा लगाएर विरोध गरे पत्राचार गरे । जसका कारण निर्माण हुन सकेन । एन्टि इण्डियन भनेर आफूलाई प्रचार गर्ने कम्युनिष्टले अन्तिममा ३७ वर्षपछि त्यो अरुण नदीलाई भारतमा बुझाइदिए । अति गम्भिर कुरा छ ।

आज नेपाल चार नम्बर प्रदेशबाहेक सबै मानिसहरु नारायणगढ मुग्लिङ हुँदै काठमाडौं आउने गर्छन् । काठमाडौ हेटौंडा जाने बाटो बनाएका छैनौँ, वीपी राजमार्ग अलि विस्तार गरेर ठुलो बनाइदिएको भए हामी कति छिटो काठमाडौं आउन सक्ने थियौँ । हाम्रो महँगी कति घट्ने थियो, पहाडीया र तराईका बिचको सम्बन्ध कस्तो हुन्थ्यो । तर हामीले किन गरेनौँ भन्दा राष्ट्रिय स्वार्थ छाडेर व्यत्तिगत स्वार्थमा अलमलिएका कारण ।

नारायणगढ र मुग्लिङमा जहाँ धेरै बस्ती पनि छैन, त्यहाँ वार्षिक अरबौ रकम खर्च गर्न तयार भयौं । यो देशको विडम्वना हो । देशलाई हेर्ने चिन्ता गर्ने हामी भएनौं । अहिले हाम्रो देशको सीमा भारतले मिचेको छ, त्यसमा बुलन्द आवाज आवाजहरु उठिरहेका बेलामा अरुतिर डाइभर्स गरिएको छ । पार्टीभित्र झगडा गरिएको छ, अरु कुराहरु गरेको छ, यो अत्यन्त गम्भीर हो ।

अमेरिकाले दिने सहयोग हो एमसीसी । अनुदान हो ऋण पनि होइन । ५ वर्षभित्र आयोजना सम्पन्न गर्ने भनेको छ । नेपालको समस्याको पहिचान गरेको छ, नेपालले विजुली उत्पादन गर्ने क्षमता छ, त्यसलाई निर्यात गर्नका लागि अन्तरदेशीय प्रशारण लाइन बनाइदिने भनेको छ, सडक बनाइदिन्छु भनेको छ । ५ वर्षमा अनिवार्य गर्नुपर्ने कुरा छ । केही विषय सच्याउन आवश्यक छ भने सच्याउँ, हैन भने लिन हुन्न भन्ने कुरा हुँदैन ।

जनतालाई अरब पठाएर सबै मालिक मात्र बसेर हुन्न । ठूला ठूला घर बनाउने, सुरक्षाकर्मीलाई बन्दुक देखाएर राख्ने, ठूला पर्खाल बनाउने, नेपाली जनतालाई अरबमा पठाउने र अरुले दिएको अनुदान पनि लिन्न भन्ने कुरा अत्यन्त मुर्खतापूर्ण काम हो ।

स्वाभिमान कहाँ छ र ? विदेशीहरुसँग साँझ बसेर खाजा खानेहरु, चुनावमा दूतावासबाट पैसा नलिइकन नबस्नेहरु, मन्त्री पद खोज्नका लागि दूतावास जानेहरु सार्वभौमिकताका कुरा गर्ने ? सार्वभौम त यीनीहरुले बाँडिसके ।

हामी यति निकृष्ठ भयौँ कि ५४ अर्ब चीनले दिन्छभन्दा हामी खुसी हुने । ६० अर्ब एनसेललाई छाडिदिने । यति ग्रुपलाई छाडिदिने, मेसिन किन्ने भनेर ६ अर्बमा पाइनेलाई २२ अर्बमा किन्ने । अनि अमेरिकी सहयोगका विषयमा बहस गरेर बस्ने ? एमसीसीको नेपालमा ल्याउनुपर्छ । यति ठूलो अनुदान हामीले कहाँ पाउने ?  एउटा मेलम्ची बनाउन नसक्नेले, काठमाडौंका सडक बनाउन नसक्नेले ठूला कुरा गरेर हुन्छ ?

हेर्नुहोस्, अनुदान वा सहयोग सबैको लिनु पर्छ । भारतले दिएको अनुदान पनि लिनुपर्छ, चीनले दिएपनि लिनुपर्छ, अमेरिकाले दिएको सहयोग पनि लिएर देशको विकास गर्ने हो । चिनियाँ राजदूतले समेत सहयोग रकम कुनै सैन्य एलाइन्ससँग जोडिएको हुँदैन भने अनुदान लिनुपर्छ भनेर भनिसकेकी छन् । यस्ता कुराहरुमा ठूला कुरा गर्नभन्दा देशलाई फाइदा हुने काम गर्नुपर्यो‍ ।

स्वाभिमान कहाँ छ र ? विदेशीहरुसँग साँझ बसेर खाजा खानेहरु, चुनावमा दूतावासबाट पैसा नलिइकन नबस्नेहरु, मन्त्री पद खोज्नका लागि दूतावास जानेहरु सार्वभौमिकताका कुरा गर्ने ? सार्वभौम त यीनीहरुले बाँडिसके ।

सुन काण्ड, वाइड बडी काण्ड, गोकर्ण रिसोर्ट काण्डजस्ता भ्रष्टाचारका कुराहरु बाहिर आइरहेका छन्, प्रतिपक्षी दलले समेत केही गर्न सकेको छैन, यो के भएको ?

देशभित्र यति ठूलो भ्रष्टाचार छ । प्रधानमन्त्री विरामी हुनुहुन्छ । विहानको समाचार भ्रष्टाचार, दुर्घटनाका समाचारबाट शुरु हुन्छ । चिन्तनशिल मानिसको दिमाग यसैमा घुमेको छ । नेपाली जनताले कम्युनिष्टलाई बहुमत मत त दिएका छन्, यातना, दुःख सहेका केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ ।

यदि यही भ्रष्टहरुसँग, यही एनजीओसँग निस्कन सक्नुभयो भने देशले निकास पाउँछ । यदी यसैमा रुमल्लीयो भने भारतको बंगाल जस्तो हुन्छ । यति ठुला भ्रष्टाचार काण्ड नेपालमा कहिलै पनि भएका थिएनन्। यति, सुन, विमान जताजतै भ्रष्टाचारका विषयमा कांग्रेसले संसदमा आवाज उठाउन सकेन । त्यो कांग्रेस नेतृत्वको कमजोरी हो । सभापतिजीले संसदमा उभिएर कारबाही गर भन्नु भएको छ । सिमाना मिचिएको विषयमा पनि सभापतिजीले भारतले नेपालले पाकिस्तान बनाइदिने कुरा कुनै हालतमा हुँदैन भनेर भन्नुभएको छ । उहाँ उपगुटमा रमाएका कारण कमजोर भयो । पार्टीभित्र बहुमतका आधारमा निर्णय गर्ने अनि सरकारले बहुमतका आधारमा निर्णय गर्दा के भन्ने ।

कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व आगामी महाधिवेशनमा तपाई देख्नुहुन्छ ?

पुरानो नेताहरुले हिजो जसले जवानी दिए, जसले जेल जिवन बिताए उनीहरुलाई केही आरोप लगाउन म चाहँदिन । तर अहिलेको परिस्थितीअनुसार नेपालको नेतृत्वको क्षमता कम छ । अहिले विश्वमा प्रजातन्त्र मरिसक्यो भनेर भनिसकेका छन् । मैले प्रजातन्त्रमा मन्दी आयो भन्ने लाग्छ । प्रजातन्त्रले पनि सम्बोधन गर्न सकेन भनेर विश्वमा आइरहेको छ । नेपालको अबस्था पनि त्यस्तै छ । प्रजातन्त्रको महत्वपूर्ण अंगहरु व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकामाथि नै विश्वास हराउन थालेपछि प्रजातन्त्र त मर्न लाग्यो । प्रजातन्त्रको महत्वपूर्ण अंग भनेको नेतृत्व हो । राज्यका तीनवटै अंगहरु कमजोर बनेपछि के बाँही रहन्छ र । यदी कम्युनिष्टले सुझबुझ गरेनन् भने दुर्घटना हुनसक्छ ।

मावन आफैमा विध्वंशकारी शक्ति हो । यसलाई बनाउन धर्म, कानून, नियम बनाउँदै यो अबस्था मानव आइपुगेको छ । मानिसलाई सभ्य रुपमा मानवतावादमा लैजानुपरेको एउटा पक्ष । दोस्रो विश्वको डेमोग्राफी परिवर्तन भइरहेको छ । पहाडबाट तराई आउँछ, तराईबाट कोही भारत जान्छ, कोही अमेरिका जान्छ, कोही अन्य देशमा जान्छ । जहाँ सुविधा भयो मानिसहरु त्यता जान्छन् । अ

हिले नेपालको समस्या केहो भने पहाडबाट तराई झरे, तराईबाट विदेश गए । पौने ३ करोड जनसंख्यामा ५० लाखभन्दा नेपाली विदेशमा छन् । यस्तो अबस्थामा विश्वले के भन्यो भने जताततै हिंसा छ । टर्कीमा मात्रै ४० लाख मानिस आप्रवासी मानिस रहेका छन्, वेलायत युरोपियन युनियनबाट निस्कियो ।

हिजो बंगालकी मुख्यमन्त्रीले ४० लाख बंगालीलाई नागरिकता दिन पाइँदैन भनेर सदनमा कागज च्यात्नुभएको थियो, आज नागरिकता दिनुपर्छ भनेर आफ्नो स्वार्थका लागि भन्दै हुनुहुन्छ । विश्व अहिले कन्जरेभटिभ राष्ट्रियतामा फेरि गएको छ । त्यो चाँहि हाम्रो पनि हो । कति मानिस बाहिरबाट आएर के हुन्छ भन्ने पनि छ । यही सिद्धान्त विश्वभरी लागू भएको अबस्था हो । अहिले विश्वले नयाँ दर्शनहरु अघि सारिएको छ ।

फुकुवामाले रिवार्ड र पनिसमेण्टका कुराहरु अघि बढाए, अहिले चीनले त्यसैलाई आधार बनाएर सोसल क्रेडिट सिस्टम लागू ग¥यो । हिजो हामीले प्रविधिमा जति लगानी गरेको थियो, अहिले सामजिक मूल्य मान्यताको शिक्षामा लगानी गर्नुपर्छ भनेर, नयाँ संसारलाई मोडेल निकाल्नका लागि विश्वले प्रजातन्त्र र धार्मिक शासन भनिरहेको छ ।

साम्यवादी शासनको नयाँ मोडेल खोजिरहेको छ, जसले जनतालाई डेलिभरी दिन थालेको छ । यो दुईटा धारमा विश्व अधि बढेको छ । अब त्यो धारमा हाम्रो नेतृत्व कहाँनतर जान्छ भन्ने हो तर क्षमता नै छैन । अहिलेको नेतृत्वबाट राष्ट्र र पार्टी पनि चल्दैन, अराजकतातिर जान्छ ।


भर्खर

0