युरोपियन फुटबलमा जाल्टनको पुनरागमन, उमेरमाथि प्रश्न ! | Khabarhub Khabarhub

युरोपियन फुटबलमा जाल्टनको पुनरागमन, उमेरमाथि प्रश्न !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फुटबलरले कुन उमेरसम्म मैदानमा संघर्ष गर्ने ? अथवा कहिलेसम्म मात्रै खेल्न मिल्छ ? यसको उत्तर यति मात्रै हुनसक्छ – जबसम्म उसले मेहनत गर्न सक्छ तबसम्म ।

फुटबलमा खेलाडीले खेल्छु भनेरमात्रै हुँदैन, मैदानमा मेहनत गरेरमात्रै पुग्दैन । उसले मैदानमा क्लबका लागि वा देशका लागि नतिजा दिनसक्नु पर्छ । उसले आफ्नो प्रशिक्षक र क्लब वा टिमको विश्वास जित्न पनि सक्नु पर्छ ।

नपत्याए अघिल्लो महिनामात्रै एमएलएस (मेजर लिग सकर) क्लब एलए ग्यालेक्सीबाट इटालियन सिरी ए क्लब एसी मिलानमा आएका जाल्टन इब्रामोभिचलाई हेर्नुस् ।

उनमा अहिले पनि त्यो आत्मविश्वास छ, जुन २०१६–०१७ मा इङ्ग्ल्यान्डमा खेल्दा हुँन्थ्यो । गोल गर्ने क्षमता पनि त्यस्तैछ । अवसर आए जुनसुकै समय गोल गरेर टिमलाई जित दिलाउन सक्छन् ।

इब्रामोभिचका लागि अहिले टाउको दुखाईको विषय हो, उनको उमेरमाथि उठ्ने प्रश्न ! यसले कति तनाव दिएको छ त्यो उनले भन्दा अन्य कसैले सायदै महसुस गर्न सक्छन् ।

हुनत, खेलकुदमा एक चर्चित उक्ति छ,‘एज इज जस्ट ए नम्बर’ । तर, शनिबार राति जाल्टन सम्मिलित एसी मिलानले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गर्यो । जसमा जाल्टनले ६४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

उक्त काग्लियारीविरुद्धको उक्त गोल तेस्रो पटक मिलानबाट खेलिरहेका जाल्टनका लागि २०२० को पहिलो गोल थियो । युरोपबाट अमेरिकी लिगमा सरुवा भइसकेका ३८ बर्षीय जाल्टनका लागि यो वर्षको सुखद् सुरुवात भएको छ । लिगमा दोस्रो खेल खेलेका उनले खेलेको अघिल्लो खेलमा मिलानले गोलरहित बराबरी खेलेको थियो ।

‘मलाई राम्रो लागि रहेको छ । सुरुवातमा केही नराम्रो भएको थियो । तर, मैले आफ्नो लय समात्न सफल भएको छु,’ जाल्टनले भने,‘मेरो दिमाग लयमा छ र त्यसलाई शरीरले पछ्याइरहेको छ ।’

जाल्टनले त्यतिमात्रै बोलेनन् । उनले भने,‘म ठिक छु । पिओली (मुख्य प्रशिक्षक स्टेफानो पिओली) लाई मेरो बारेमा जानकारी छ । उनले मेरो उमेरबारे पनि विचार गरेका छन् । तर, यो समस्या होइन ।’

जाल्टनले किन उमेरलाई लिएर प्रतिक्रिया दिनु परिरहेको छ ? सायद यसको जवाफ सोझौ छ । उनको अहिलेको उमेरसम्म कमै मात्रै खेलाडीले व्यवसायिक फुटबल खेल्छन् । जसरी हरेक बर्ष जाल्टन ‘बुढो’ हुँदै गएका छन् । त्यसरी उनको खेल ‘बुढो’ भएको छैन् । उनले मैदानमा आफूलाई प्रमाणीत गरिरहकै पनि छन् ।

उनले पछिल्लो दुई संस्करण एलए ग्यालेक्सीबाट खेले । जहाँ उनले खेलेका ५८ खेलमा ५३ गोल गर्न सफल भए । यसले पनि जाल्टनको खेल ओरालो लागि नसकेको संकेत गर्छ ।

उनी अहिलेसम्म मैदानमा संघर्ष गरिरहेका छन् । तर, स्वीडेनको राष्ट्रिय टोलीबाट भने उनी सन् २०१६ मै बाहिरिए । त्यसोत, २०१८ को रसिया विश्वकप फुटबलका उनी स्वीडेनको टिममा किन परेनन् भन्ने पनि खुबै चर्चा चल्यो ।

व्यवसायिक फुटबल करियरमा डच टोली आयाक्सदेखि अमेरीकी क्लब एलए ग्यालेक्सिसम्म गरि जम्मा ९ क्लबबाट खेलेका छन् । जसमा उनले सबैभन्दा धेरै गोल पेरिस सेन्ट जर्मनमा ४ बर्ष कटाउँदा सबैगरि १५६ गोल गरेका थिए । उनी बार्सिलोनाबाट पनि खेले इङ्ग्ल्यान्डको म्यान्चेस्टर युनाइटेडबाट पनि खेले ।

सिरी ए मै युभेन्टसबाट पनि खेले, इन्टर मिलनबाट पनि खेले भने बार्सिलोनामा रहँदा २०१०–११ को सिजनमा पहिलो पटक एसी मिलानबाट खेलेका थिए भने २०११ र २०१२ मा बार्सिलोना छाडेर मिलानबाटै खेल्न इटाली पुगेका थिए ।

अमेरिकी क्लबमाआवद्ध हुनु अगाडि प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडबाट २ सिजन खेलेका जाल्टनले ४१ गोल गरेका थिए । इङ्ग्ल्यान्ड आउनु अगाडि जाल्टन एक उत्कृष्ट खेलाडी थिए । तर, त्यसपछि उनको खेल करियरले अझै ठूलो ‘माइलेज’ पायो । त्यसको पछाडि उनको स्वभाव देखि मैदानको खेल कौशल नै महत्वपूर्ण पक्ष हो । तर, इन्जुरीले सताएका उनी पछि क्लबबाट बाहिरिनु पर्यो ।

जाल्टन अमेरिका जाँदा अब त्यतैबाट क्लब फुटबलबाट सन्यास लिन्छन् भन्ने सम्मका हल्ला नचलेका होइनन् । तर, अमेरीकामा रहँदा आफुलाई अब्बर ‘स्टाइकर’का रुपमा टिकाइ राख्न सफल भए । अहिले फेरि युरोप फर्किएका छन् ।

एसी मिलानसँग सम्झौता गरेपछि जाल्टनले सार्वजनिक गरेको एक तस्बिरले पनि खुबै चर्चा पायो । उनले एकातिर आफु र अर्कातिर राक्षसको जस्तो देखिने तस्बिर सार्वजनिक गरे । ‘पञ्जा लडाइरहेको’ उक्त तस्बिरको क्याप्सन छ,‘सेम जाल्टन । डिफिरन्ट डेभिल्स’ ।

त्यतिमात्रै होइन्, उनले आफ्नो इन्टाग्राम एकाउन्टमा पनि लेखेका छन्,‘लायन्स डन्ट कम्पेयर देमसेल्फ्स टु ह्युमेन्स’ अर्थात् ‘सिंहले कहिलै पनि आफुलाई मान्छेसँग तुलना गर्दैन’।

सायद, उनले आफू सधै सिंह भएको र अहिले पनि सिंह नै रहेको सांकेतिक रुपमा भन्न खोजेका पो हुन कि ?

स्वीडेनको माल्मो एफएफबाट फुटबल करियर सुरु गरेका जाल्टनको युरोपमा आधा दर्जनभन्दा बढी क्लबबाट खेलिसकेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट टाढिएको ४ बर्ष भइसक्दा पनि उनी व्यवसयिक फुटबलमा ‘हुंकार’ गरिरहेका छन् ।

पाका स्टाइकर जाल्टन एसी मिलानमा ६ महिनाको छोटो सम्झौता गरेर भित्रिएका छन् । यसको मतलब उनी यो सिजनको अन्तिमसम्म एसी मिलानमा हुनेछन् ।

एसी मिलान जस्तो बलियो क्लबमा फर्किन पाएका उनका लागि सबैभन्दा ठूलो चुनौति मैदानमा देखिने उनको प्रदर्शन नै हो । यो कुरा उनी आफैले पनि स्वीकारि सकेका छन् ।

‘यो ५ महिना मेरा लागि महत्वपूर्ण हो । म ‘फम’मा आएर नतिजा दिन सक्छु वा सक्दैन । यति नतिजा दिननसकेको खण्डमा म यहाँ धेरै समय बस्दैन । त्यसले मलाई बस्न दिँदैन,’ जाल्टनले भनेका छन्,‘मेरा लागि चुनौति भनेकै उच्च स्तरको प्रदर्शन गर्नु नै हो ।’

जाल्टनको उमेरलाई लिएर प्रश्न उठिरहँदा उनले अहिले आफू ३८ बर्षको हुँदा भन्दा धेरै क्लबबाट सम्झौताका लागि प्रस्ताव आएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : २८ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण