अग्युरोले ह्याट्रिक गर्दा सिटीको शानदार जीत | Khabarhub Khabarhub

अग्युरोले ह्याट्रिक गर्दा सिटीको शानदार जीत


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

आइतबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६-१ गोलको फराकिलो अन्तरले हराएको हो ।

एस्टनको मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे । एस्टनका अनवर एल घाजीले एक गोल फर्काए ।

प्रिमियर लिगमा अग्युरोले करियरको १२ औं ह्याट्रिक गरेका छन् । यससँगै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन् । यस अघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै १४ अंकले पछि छ । लिभरपुलको ६१ अंक रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ४० बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले