लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत | Khabarhub Khabarhub

लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत गरेको छ ।

संगीत प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) र सांस्कृतिक संस्थानको सहकार्यमा २९८औँ पृथ्वीजयन्तीका अवसरमा आज लोप हुँदै गएका बाजाको संरक्षणका लागि लोकबाजा प्रस्तुत गरेको हो ।

कार्यक्रममा मङ्गल सोरठी, मैथिली सङ्गिनी धून, असारे, कौडा र नेवारी लोकभाका, धिमाल जातिको लोकधून, साकेला भाका, म्हेन्दोमाया भाका, थकाली जातिको लोकधून, देउडा धून, पूर्वेली लोकलय र टुङ्नामा हेल्मो भाका प्रस्तुत गरिएको थियो ।

संगीत प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले नेपालको संगीत तथा नाट्य विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न लोकबाजा प्रस्तुत गरिएको जानकारी दिए ।

“सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न संगीत प्रतिष्ठान सरकारसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ”, उनले भने ।

पूर्वसंस्कृतिमन्त्री कृपासुर शेर्पाले नेपाल भ्रमण वर्ष–२०२० मा धेरै पर्यटक भित्र्याउन नेपालका मूर्त तथा अमूर्त कला संस्कृतिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नाफाका कुलपति केके कमाचार्य, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलगायतले नेपालका लोप हुन लागेको कलासंस्कृतिको संरक्षणका लागि संगीत प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ०५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको