ओपोले नोभेम्बर १७ मा 'ओपो ईन्नो डे २०२०' आयोजना गर्दै | Khabarhub Khabarhub

ओपोले नोभेम्बर १७ मा ‘ओपो ईन्नो डे २०२०’ आयोजना गर्दै


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोभेम्बर महिनाको १७ तारिकका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ ।

कार्यक्रमले ईन्टरनेट अफ एक्स्पेरियन्सको यो यूगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन् । किनोट मार्फत दुवैले नयाँ यूगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेश फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन् ।

सन् २०१९मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ । पछिल्लो बर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो ।

यस बर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्त बस्तुहरुको अभिसरण (कम्भर्जेन्स अफ थिंग्स) अर्थात्, ईन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।

स्मार्टवाट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी , ईमेजिङ र सफ्टवेयर अनुकुलन लगायत क्षेत्रमा रोमाञ्चक नवप्रबर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस बर्ष थप नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रदर्शित हुने तयारीमा रहेका रोमाञ्चक नवप्रबर्तनहरु नजिकबाट नियाल्नका लागि तथा ब्राण्डका साथमा भविष्यतिर अग्रसर हुनका लागि ओपोसंग नोभेम्बर १७मा जोडिन कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १० : ५५ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा