नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ | Khabarhub Khabarhub

नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको गोलबजारमा नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय रहेको सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले जनाकारी दिए ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।  केही दिन अघिदेखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा पक्राउ गरिएको उनले बताए ।

प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।

प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ०५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल